Loading... आजः शनिबार , श्रावण १२, २०८१

एक्काईसौँ शताब्दीमा सी चिनफिङ बिचारसहित उदाउनु भएका नेताः चीनका लागि नेपाली राजदूत


चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चीनका राष्ट्राध्यक्ष सी चिन फिङको नेतृत्वमा चीन विश्वकै हितकारी मार्गमा अगाडि बढिरहेको बताउनु भएको छ। कोभिड १९ पछिको चिनियाँ अर्थतन्त्र पुनउत्थानले सो कुरा पुष्टि भएको भन्दै चीनले विश्वमा शान्ति,स्थिरता,विकास,साझा जित र मानवभाग्य समुदायको सन्देश छरेको बताउनुभयो।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले आफ्नो विचारधारा अगाडि सार्नु भएको र चिनियाँ कम्युनिष्ट पार्टीले त्यसलाई अंगीकार गरेको उल्लेख गर्दै एक्काईसौँ शताब्दीमा सी चिनफिङ नयाँ विचार लिएर उदाउनु भएको भन्दै उहाँले प्रंशसा पनि गर्नुभयो।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवालाई अन्तर्वार्ता दिँदै उहाँले भन्नुभयो ‘नेपाल र चीनबीचमा युगौँदेखि सुमधुर र घनिष्ट सम्बन्ध रहँदै आएको छ। पञ्चशिलका सहअस्तित्वका सिद्धान्तमा दुवै देशबीचको सम्बन्ध अन्य राष्ट्रका लागि पनि उदाहरणीय रहेको छ।’

Insert your Ads code here

विभिन्न वाहनामा चीनमाथि पश्चिमा मुलुकले हस्तक्षेप गरेको कुराको विरोध गर्दै उहाँले भन्नुभयो ‘हङकङ, ताइवान, तिब्बत, सिङचियाङ लगायतका क्षेत्रहरु चीनका अभिन्न भूभाग हुन् र चीनले ती ठाउँमा आफ्नो सार्वभौम अधिकार प्रयोग गर्नु अन्तर्राष्ट्रिय प्रचलन र अभ्यास अनुकूल छ।’ चीनको विकास र चीनको उत्थानबाट आत्तिएका शक्तिले चीनको विरोध गरेको भन्दै जुन मुलुकका प्रहरीले सर्वसाधारणको किलकिलेमा खुट्टाले थिचेर हत्या गर्छ त्यसले अर्को मुलुकमा मानव अधिकारको पाठ पढाउन आवश्यक नरहेको कडा टिप्पणी पनि गर्नुभयो।

नेपाल र चीनबीचको सम्बन्ध अझै सुनौलो रहेको र दुई देशबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक आदानप्रदान घनिभूत रुपमा भइरहेको उहाँले औँल्याउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!