Loading... आजः शनिबार , श्रावण १२, २०८१

एक दिने कार्यशाला गोष्ठी ठाकुरद्धारामा सम्पन्न


राजापुर बर्दिया संरक्षण पत्रकारीता सम्वन्धि एक दिने कार्यशाला गोष्ठी ठाकुरद्धारामा सम्पन्न भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका सरक्षण, प्रचार प्रसार र राष्ट्रिय निकुञ्जको प्रवद्र्धक लागि संरक्षणकर्मी तथा पत्रकारहरु विचको सुचना आदन प्रदान कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्देश्यबार थप प्रकास पार्दै बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका शाहायक संरक्षण अधिकृत असिम थापले पत्रकारले सरक्षणका बिसयमा बिगत देखीनै कलम चलाउदै आएको र पत्रकारको कलमले प्रचार प्रसार गर्दा बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरीक र वाहिय पाउनाको आगमन बढेको भन्दै निरन्तर संरक्षणका लागी कलम चलायर सहयोग गर्न आग्रह गनुभएको छ ।

कार्यशाला गोष्ठिको सहजिकरण गदै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षण तथा प्रचारप्रसारमा समुदायको अहम भुमिका रहेको बताउनु भयो । वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्जले सुरक्षा संयत्रलाई प्रभावकारी बनाएको र चोरीशिकार, निकुञ्ज छेवैँमा बनाइएका सिँचाइका संरचना र राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्नु वन्यजन्तु सुरक्षाका चुनौती रहेको श्रेष्ठले बताउदै भने “कोरोनाका कारण कामका लागि बाहिर गएका व्यक्ति पनि घर आएपछि तिनिहरु मध्ये केही व्यक्ति नराम्रो गतिविधीमा लागेकाले वन्यजन्तु संरक्षणमा थप चुनौति थपिएको बताए ।श्रेष्ठले बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षण, प्रवद्र्धनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको परिचय, याहाँ पाउने लोपउल्मुख बन्यजन्तु, जैविक विविधताको बारेमा जानकारी तथा अहिले भईरहेको गतिविधि तथा संरक्षणमा भएको चुनौतीको विषयमा जानकारी गराएका थिए ।

Insert your Ads code here

कार्यक्रममा जैविक विविधता संरक्षणमा थप प्रभावकारीता, बर्दिया राष्ट्रिय निकुञ्जको प्रचार प्रसार र समयम सुचना आदान प्रदान लगायतको विषयमा पनि पत्रकार र बर्दिया राष्टिय निकुञ्ज संरक्षण प्रमुख तथा संरक्षण कर्मीहरु सग छलफल भएको थियो । छलफलक क्रमम उपस्थित पत्रकारहरुले आफुलाई लागेको जिज्ञासा सुझाव र आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रविन कडरीया पत्रकारहरु समाचार संप्रेसन गर्दा मानव र बन्य जन्तु मैत्री तरीकाबाट कलम चलाउन सुझाव दिनु भएको छ । उहाँले राष्ट्रिय निकुञ्ज र बन्य जन्तुको विषय समाचारको लागि जान चाहे आफुले हरदम सहयोग गर्ने जनकारी दिनु भएको थियो । नेपाल पत्रकार माहाँसघ बर्दिया शाखाको आयोजना र राष्ट्रिय प्रकृति संरक्षणकोषको सहयोगमा कार्यक्रमा भएको थियो ।

नेपाल पत्रकार महाँसघ बर्दिया शाखाका सचिब भाबुक योगीले संचालन गर्नु भएको कार्यक्रमका सभापति नेपाल पत्रकार महाँसघ बर्दिया शाखाका उपाध्यक्ष मेनका चौधरीको रहनु भएको कार्यक्रममा प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठ, शिवदल गणका प्रमुख सेनानी नन्द बहादुर गुरुङ्ग, मध्यबर्ती क्षेत्र व्यवस्थापन समितिक अध्यक्ष नेत्रराज आचार्य, पुर्व वार्डेन तथा उज्यालो नेपालका अध्यक्ष रमेश कुमार थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रविन कडरीया लगायत बर्दियाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!