Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

एक परिवारलाई एक महिनामा एक सिलिन्डर ग्यास


कोरोना भाइरस (कोभिड—१९) को असर लम्बिन सक्ने देखिँदा उपभोक्ताले ग्यासका सिलिन्डर सञ्चित गरे पछि नेपाल आयल निगमले एक परिवारलाई एक महिनामा एक ग्यास सिलिन्डर दिने नीति ल्याएको छ। खाना पकाउन ग्यास अभाव नहोस् र धेरै सञ्चिति नगरुन् भनेर नयाँ नियम ल्याएको निगमले जनाएको छ।

ग्यासको बिक्रीलाई प्रभावकारी बनाउनका नयाँ व्यवस्था गरेको निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले बताउनुभयो। पौडेलका अनुसार ग्यासमा कालोबजारी रोक्नका लागि ग्यास सिलिन्डर बिक्रेताले उपभोक्ताको नागरिकता, फोन नम्बरको विवरण राखेर निगम र जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ। मागको आधारमा आपूर्ति गर्न कठिन हुने देखेपछि निगमले यस्तो रणनीति बनाएको हो।

निगमले उद्योगहरुले आयात गरेका ग्यासको परिमाण, बोटलिङ प्लान्टमा भर्न बाँकी परिमाण, मौज्दातमा रहेका ग्यासका सिलिन्डर, अघिल्लो दिनमा वितरण भएको सिलिन्डर संख्या, ग्यास वितरण हुने डिलरको नाम र ठेगाना लगायतका विवरण दैनिक रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

Insert your Ads code here

लकडाउन लम्बिए उपभोक्तालाई खाना पकाउने ग्यासको अभाव हुन नदिन उद्योगलाई पूर्ण निगरानीमा राख्दै ग्यास उद्योगहरुको आधा क्षमता बराबरका ग्यासको भण्डारणलाई सरकारको भण्डारण रुपमा प्रयोग गर्ने भएको छ। भारत सरकारले पनि लकडाउन गरेको अवस्थामा अपेक्षित रुपमा ग्यास बुलेट आउन नसक्ने जोखिम बढेपछि ग्यास बिक्री प्रणालिमा परिवर्तन गरेकोहो। मंगलबार भारतबाट ३५ बुलेट ग्यास नेपाल भित्रिएका थिए। ग्यासका बुलेट आयात नियमित जस्तै भएको निगमको दाबी छ। ग्यास उद्योग र बिक्रेताले सिलिन्डर बिक्री गर्दा काठमाडौं उपत्यकामा नेपाल आयल निगम र अन्य जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर वितरण गर्न भनेको छ। हरेक उद्योगलाई आफ्ना ग्राहकको लागि दुई दिनको माग धान्ने ग्यास सिलिन्डर तयारी अवस्थामा राख्न र बजारमा रहेका सबै खाली सिलिन्डर उद्योगमा संकलन गर्न निर्देशन दिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!