Loading... आजः शनिबार , श्रावण १२, २०८१

एक राष्ट्र एक राशन कार्ड लगाएर सिक्किमेको विशिष्ठ पहिचान मेटाउने काम गरिँदैछ भने प्रवक्ता दर्नामाथि आक्रमण दलितमाथि भाजपाको नीति स्पष्ट भएको छः भरत बस्नेत


गान्तोक, 16 जूनः सिक्किम प्रदेश काँग्रेस कमिटीका आध्यक्ष भरत बस्नेतले प्रमुख विपक्षी दल एसडीएफका प्रवक्ता जेबी दर्नालमाथि हमलालाई भारतीय जनता पार्टी (भाजपा) र सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को गठबन्धनमा रहेको सरकारले भाजपाले देशमा चलाइरहेको दलित विरोधी क्रियाकलाप सिक्किममा पनि हाबी हुन खोजेको कडा आरोप लगाएको छ। अध्यक्ष बस्नेतले भाजपाले रोहीत बेमुला जस्तो काण्ड गरेको अनि यो सरकारमा भीम सेना गठन गर्नुपर्ने स्थिति आएको बेला सिक्किममा पनि अब भाजपा पूर्ण रूपमा हाबी भएको स्पष्ट भएको दाबी गरे। दलितलाई माथी उठ्न नदिने भाजपाको नीतिलाई एसकेएमले समर्थन गरेको दाबी गर्दै यसको विरूद्धमा प्रमुख विपक्षी दल एसडीएफले कडा भन्दा कडा कार्वाहीको निम्ति प्रतिबद्धता जाहेर गर्नुपर्ने अनि यसमा सबै प्रजातन्त्र प्रेमी र राजनैतिक दल एकजुट हुनुपर्ने आह्वान गरे।

अर्कोतिर अध्यक्ष बस्नेतले सिक्किममा वान नेशन वान राशनकार्ड लागू हुनु भनेको संविधानको धारा 371 एफ को सोझो उलङ्घन गरेर एक देश एक नागरिकता लगाउने प्रयासमा भाजपालाई एसकेएम सरकारले सहयोग गरिरहेको रहेको बताएका छन्। यस सम्बन्धमा राज्यको खाद्य सुरक्षा तथा उपभोक्ता मामिला विभागका मन्त्री अरुण उप्रेतीले दिएको बयानको खण्डन गरे। प्रदेश काँग्रेस कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भरत बस्नेतले भने, मन्त्री अरुण उप्रेतीले वान नेशन वान राशनकार्डलाई एटिएम कार्ड जस्तै हो जहाँ गएर पनि राशन थापेर खान सकिन्छ भनेर बयान दिनु सिक्किममा निम्ति दुर्भाग्यपूर्ण विषय हो। वान नेशन वान राशनकार्डले सोझै 371 एफ को उलङ्घन गरिरहेको छ।
उनले अघि भने, एसकेएम पार्टीले 371 एफ र स्थानीय सुरक्षाका विषयलाई बलियो बनाउने बाचा गरेर जनताको मन जितेको थियो। चुनाउ अघि स्थानीय सुरक्षालाई व्यापक मुद्दा बनाउने पार्टीको युवा नेता तथा मन्त्रीले सरकारमा पुगेपछि वान नेशन वान राशनकार्ड एटिएम कार्ड जस्तो हो भन्नु खेदको विषय हो। मन्त्रीले यस्तो बयान दिएर सिक्किमको अधिकारलाई साट्ने कुरा गर्दैछन्। पहिलाको सरकारले हामी सिक्किमलाई सिङ्गापुर जस्तो बनाउँछौं भन्दा हामीलाई सिङ्गापुर होइन सिक्किम जस्तै सिक्किम चाहियो भन्ने एसकेएले किन आज सिक्किमेको अधिकार साट्ने कुरा गर्दैछ? भरत बस्नेतले सामान्यीकृत गर्न नसक्ने बताए।
उनले वान नेशन वान राशनकार्ड सिक्किमेको हितमा नरहेको बताउँदै योसित समबन्धित कुनै पनि बहसमा आफू बोल्न तयार रहेको बताए। उनले सिक्किमको कानून विषयमा मन्त्रीले जबान टुङ्गोमा राखेर बोल्नुपर्छ भन्दै कसैले पनि कम्जोर भएर सरकार चलाउन नहुने बताए। उनले एसकेएम सरकारलाई चुनौति दिँदै भने, जनतालाई दिलाएको विश्वास पूरा गर्न सक्दैन भने हात उठाउँदा हुन्छ। भरत बस्नेतले वान नेशन वान राशनकार्ड लागू हुनु वान नेशन वान सिटिजनको नीयम लागू भए बराबर हो भने।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!