Loading... आजः आइतबार , माघ २७, २०८१

#एक_नियती   


अर्जुन सुवेदी, प्रमुख प्रशासकीय अधिकृत

  बढैयाताल गाउँ पालिका, बर्दिया ।

Insert your Ads code here

केही दिन अगाडि एका बिहानै फोन आयो म त पोजेटिभ भए साथी । मैले पनि कहिल्यै सन्चो बिसन्चो नसोध्ने फोन sms नगर्ने साथीले एक्कासि फोनै गरेर म पोजेटिभ भए भने पछि मैले त खुसी लाग्यो अब सच्चिए छौ भनेर बधाई छ तिमिलाइ भने । उ फेरि झर्कियो म शीत हैट म बिरामी हुदा बधाई दिने भनेर । मैले बल्ल बुझे उ कोरोना पोजेटिभ भएको रहेछ । अनि उस्को कुरा सुन्दै जादा केही दिनबाट लकडाउन खुकुलो भए पछी बजार जाने भेटधाट नियमित गर्ने होटेल रेस्टुरेन्ट तिर पनि जाने साथीहरू बिच खाने पिउने कुरामा मस्त रहने गरेको रहेछ । केही हप्ता अगाडि उ होटलबाट निस्कदै गर्दा भेट हुदा यस्तो लापरबाही किन साथी भन्दा उ उल्टै मलाई संझाउन थाल्यो । म नि तेरा कुरा सुन्नु छैन भनी बाटो लागेको करिब एक महिना पछि फोन गर्दा मैले भनेको कुरा मानेनौ साथी अब म के गरु त भने । उसलाई सुगर प्रेसरको समस्या पहिला देखि नै हो ।

आज उस्ले आफुलाइ संयमित नगर्दा यतिबेला उ हस्पिटलको भेन्टिलेटरमा उपचाररत छ । म कामना गरि रहेको छु उसलाई स्वाथ्य लाभ होस भनेर । उसको स्वास्थ अबस्थामा अलि जटिल समस्या देखिएको कुरा उपचारमा संलग्न स्वास्थकर्मिको भनाइले मन मेरो चिसो भयो । आखिर उस्ले रोग शीत लड्ने क्षमता गुमाइ सकेको अबस्था रहेछ । उपचारमा अथक प्रयास गर्दा पनि उसलाई बचाउन सकेनन् । म उस्को अन्तिम यात्रामा पनि समाबेस हुन सकिन उस्ले आफ्नो परंरागत संस्कार पनि पाउन सकेन । कस्तो नियती कति दु:खद । उस्का परिवारको अवस्था उसका अधुरा सपना संझेर निशब्द छु । अब म न उस्को फोन पाउन सक्छु न sms न भौतिक साथ । यतिबेला हामी सयंमित भएर सजक भएर स्वास्थका मापदण्ड पुरा गरेर आफ्ना गतिविधि चलाएनौ भने साच्चिकै दु:खद दिन आउन अब धेरै दिन कुर्न नपर्ला जस्तो देखिन्छ । सजक बनौ होशियार रहौ। (एक कल्पना )

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!