Loading... आजः मंगलबार , जेठ १५, २०८१

एमसिसी विरुद्ध ओली प्रचण्ड र देउवाका पुत्ला दहन


पूर्वपधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा प्रदर्शन सुरु भएको छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र सूचना प्रविधि विधेयक विरुद्धमा डडेल्धुरा सदरमुकाममा सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुको पुत्ला दहन गरिएको हो।

बिहीबार साँझ जिल्ला सदरमुकामको भीमदत्त शालिक नजिकै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापतिका सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरिएको हो। एमसिसी नेपालको स्वाधीनता विरुद्ध भएको र सूचना प्रविधि विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै दुवैको खारेजीको माग गर्दै नेताहरूको पुत्ला दहन गरेको प्रदर्शनकारीहरुले जानकारी दिएका छन्।

सरकारले नागरिकको स्वतन्त्रता र अधिकार कुण्ठित पार्ने काम गरिरहेकाले र नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसिसीअगाडि सारेको भन्दै जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली र पुत्ला दहन गरेका हुन्। भारतीय विस्तारवाद मुर्दावाद, एमसिसी सम्झौता खारेज गर, सूचना प्रविधि विधेयक खारेज गर लगायका नारा लगाउँदै युवाहरूले सदरमुकाम बागबजार क्षेत्रमा नेपालको झण्डासहित प्रदर्शन गरेका हुन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!