Loading... आजः शनिबार , श्रावण १२, २०८१

एमसीसीका सबै काम स्थगित गर्ने सचिवालय निर्णय


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदबाट अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन नहुँदासम्म सबै काम रोक्ने जनाएको छ।

नेकपा सचिवालयको आजको बैठकले संसदबाट एमसीसी अनुमोदन हुने नहुने निर्णय नहुँदासम्म मिलेनियम च्यालेन्ज एकाउन्ट, नेपाल (एमसीए नेपाल) अन्तरगतका काम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ।

बजेटमा एमसीसीको विषय उल्लेख भएपनि संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुनेछ। संसदबाट अनुमोदन नभएको अवस्थामा सरकारले आवश्यक वैकल्पिक कदमको बारेमा सोचेर अगाडि बढ्ने छ। बैठकमा सचिवालयका ९ सदस्यसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य डा.भीमबहादुर रावलसमेत सहभागी हुनुभएको थियो।

Insert your Ads code here

बैठकमा पार्टीले गठन गरेको एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन बुझाएकाले त्यसलाई सचिवालयको बैठकमा गम्भीर छलफल गरिने जनाइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!