एमसीसीबिरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी
सत्तारुढ नेकपाको हालै गठित एक कार्यदलले एमसीसीलाई राष्ट्रहितमा स्पस्ट गरी संशोधन, परिमार्जन गर्दै अनुमोदन गर्ने राय दिएपछि एमसीसी खारेज अभियान आक्रोशित भएको छ। बिगत देखि नै एमसीसी खारेजिको माग गर्दै सडक आन्दोलनमा होमिएको अभियानले एमसीसी खारेजिको धर्ना बस्ने देखि सडकर्म सुत्नेसम्मका विरोध कार्यक्रम गर्ने चेतावनी दिएको छ। अभियानको हालै बसेको भर्चुअल बैठकले गरेका विभिन्न निर्णय सार्वजनिक गर्नेक्रममा अभियानका संयोजक नारायण शर्माद्वारा जारी विज्ञप्तीमा उक्त चेतावनी दिइएको हो। एमसीसी खारेज हुनुपर्ने भन्दै यसअघि सडक आन्दोलनसमेत गरेको अभियानको हालै सम्पन्न भर्चुअल बैठकले एमसीसी विरुद्द आन्दोलनको आँधीबेहरी ल्याएर जसरी पनि असफल पार्ने निर्णय गरेको छ। सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य तथा एमसीसी विरुद्ध जनस्तरमा पुगेका लिलामणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा देशविदेशबाट ५६ जनाको सहभागिता रहेको बताइएको छ।
एमसीसी विरोधी अभियानको भर्चुअल बैठकको निर्णय सार्बजनिक गर्दै उक्त अभियानका संयोजक नारायण शर्माले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “सत्तारुढ नेकपाको हालै गठित एक कार्यदलले MCC लाई राष्ट्र हितमा स्पस्ट गरी संशोधन, परिमार्जन गर्दै अनुमोदन गर्ने राय दिएपछी देसमा पुनस् तरङ्ग आएको अवस्थामा यही २०७७ भाद्र १० गते हाम्रो MCC खारेज अभियानको भर्चुअल बैठक सत्तासीन नेकपाकै एक परिचित राष्ट्रवादी नेता श्रद्धेय कमरेड लीलामणि पोख्रेलको प्रमुख आतिथ्यतामा र संरक्षक अभियन्ता आदरणीय कामरेड स्वनाम साथीको प्रत्यक्ष मार्गनिर्देशनमा देस विदेसका विभिन्न क्षेत्रमा MCC खारेज अभियानमा विविध रुपले संलग्न भै संघर्षरत ५६ जना स्थापित अभियन्ताहरुको समुपस्थितिमा संयोजक नारायण शर्माको संचालनमा भब्यतापूर्वक सम्पन्न भयो। बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ, जो यसप्रकार रहेको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस बिज्ञप्ति जारी गरिएको छ।
१) वर्तमान परिप्रेक्ष्यमा अब अभियानको कार्यदिशा र कार्यक्रम के कस्ता हुने भन्ने विषय आजको बैठकको मुख्य विषय हुनुपर्ने रायसहित सर्वप्रथम क। स्वनाम साथीले आफ्नो विचारसहित बैठकलाई मार्गनिर्देशन गर्दै बैठक संचालनार्थ संयोजक नारायण शर्मालाई जिम्मेवारी दिनु भयो। तत्पश्चात संयोजकले बैठक संचालन गर्दै प्रमुख अतिथि, संरक्षक अभियन्ता उपस्थित सबै अभियन्ताहरुलाई स्वागत-अभिवादन गर्दै सत्तारुढ पार्टीको पछिल्लो कार्यदलको अन्ततः र परिणामतस् MCC अनुमोदन गर्ने भन्ने सुझावले MCC खारेज अभियान र यसका अभियन्ता तथा सम्पूर्ण स्वाभिमानी देसभक्त नेपाली जनसमुदायहरुलाई विस्मित र अचम्मित पारेको उल्लेख गर्दै यसबारे अझ स्पस्टता र दृढताका साथ आगामी दिनमा झन् सशक्तता र व्यापकतामा संघर्ष संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो १ तत्पश्चात आगामी कार्यक्रमबारे केन्दृत भै आआफ्ना सुझाव राख्न अनुरोध गर्दै बैठक अगाडि बढ्यो।
२) उपस्थित सबैजसो अभियन्ताहरुबाट MCC बारे आआफ्ना धारणा सहित आआफ्ना क्षेत्रमा भए-गरिएका कामकार्वाहीहरुको संक्षिप्त जानकारी दिंदै आगामी कार्यक्रमहरुका सम्बन्धमा महत्वपूर्ण सुझावहरु प्रस्तुत गरियो।
३) प्रमुख अतिथी क। लीलामणि पोख्रेलले बैठकलाई सम्बोधन गर्दै अभियान संचालन गरेकोमा खुसी व्यक्त गर्नुभयो र MCC बारे बैठकलाई प्रशिक्षित र प्रज्वलित गर्नु भयो। साथै उहाँले राष्ट्रहित विरुद्धको यो MCC नयाँ इष्ट इन्डिया कम्पनी भएको र यसको कथित अनुदानले देस विकास गर्ने होइन, उपनिवेश बनाउने हुनाले प्रथमतः यो पार्टीबाटै अनुमोदन नहुने र कथं विभिन्न बहानामा अनुमोदनको दिशामा जानलागेमा आफूसमेत सडक संघर्षमा नेकपाकै हजारौ नेता कार्यकर्ताहरु उत्रने र पार्टी र संसदबाट पारित गरिने भनिएको यो प्रस्तावलाई जन आन्दोलनको आँधीबेहरीद्वारा असफल पारिने बताउनु भयो।
४) क. लीलामणिको उपरोक्त सम्बोधनले बैठकमा थपेको उत्साह र उर्जाका बीच अभियन्ताहरुका जिज्ञासा, माग र रायसुझावहरुलाई संश्लेषण गर्दै आगामी कार्यक्रमबारे बैठक निम्न निष्कर्षमा पुग्यो:
क) MCC बारे पार्टी-नेता र राज्य(शासकहरु तथा MCC संग सम्बन्धित देसीविदेसी शासक(प्रशासकहरुबाट भैरहेका पछिल्ला खुला र गोप्य हर्कतहरुबारे खबर्दारी गर्दै MCC खारेजै गर्नुपर्ने मुख्यमुख्य कारणहरुसहितको एक संक्षिप्त वक्तव्य तत्काल जारी गर्ने। यसको ड्राफ्टको जिम्मा क। रघु घिमिरेलाई दिइएको छ।
ख) नेकपाको हालैको MCC अनुमोदन गर्ने आसयको रायसुझावमा निहित वास्तविकता, अन्तर्य र अभिप्रायबारे स्पष्ट हुनको लागि उक्त कार्यदलकै MCC विरोधी ठानिएका सदस्यमध्येबाट कुनै एक जना सदस्यनेतासँग अभियानकर्मीहरुको एक अन्तर्कृया गर्ने।
ग) तत्पश्चात आवश्यकता र सम्भाव्यताको आधारमा MCC पक्ष र विपक्षका नेकपाकै उच्च नेतृत्व तहबाट एक एक जनाको संयुक्त उपस्थितिमा वादविवादजन्य प्रशिक्षणमूलक एक बृहत् अन्तर्कृया सम्पन्न गर्ने। यससम्बन्धी प्राविधिक व्यवस्था र संयोजनको जिम्मा संचारकर्मी सकृय युवानेता अभियन्ता क. मनहरि तिमिल्सिनालाई दिइएको छ।
घ) कोरोना महामारी र बन्दाबन्दीको अवस्था तथा MCC अनुमोदनको खतरालाई मध्यनजर गर्दै सम्भवभएसम्म छिटो नेकपाका पार्टी कार्यालयहरुमा र राज्यका प्रशासकीय केन्द्रहरुमा धर्ना बस्ने, सडकमै सुत्ने लगायतका जुझारु संघर्षका विविध कार्यक्रम गर्ने।
ङ) MCC बारेको प्रस्तावमा छलफल गरी निर्णय लिन बस्दै गरेका नेकपाका बैठक खासगरी स्थायी र केन्द्रीय समिति तथा संघीय संसदको बैठकका सन्दर्भमा सम्बन्धित सदस्य र सांसदहरुलाई MCC पास नगर्न- नगराउनको लागि सुझाव, दवाव र खबर्दारी स्वरुप फोन, sms, इमेल आदि गर्ने।
च। MCC विरुद्धमा विभिन्न बिज्ञ- विशेषज्ञ र विद्वान- अध्येताहरुलाई प्रेरित र परिचालित गर्दै आम संचारमाध्यम र सामाजिक सन्जाल आदिको अधिकतम सदुपयोग गर्ने। यसक्रममा अभियन्ता स्वयंले पनि लेख- रचना, अन्तर्वार्ता, वक्तव्य, टिप्पणी, फेसबुक Status आदिलाई भाइरल बनाई व्यापक पार्ने, आदि।
छ। अभियानलाई व्यापक, सशक्त र निर्णायक रुपले सफल पार्नको लागि यसका शाखा – प्रशाखाहरुलाई देसका विभिन्न प्रदेस र जिल्लाहरु एवम् विदेसका विभिन्न स्थानहरुमा विस्तार गर्न जोड गर्ने र ती मार्फत कार्यक्रमहरु सम्पन्न गर्ने-गराउने प्रयास गर्ने।
अन्तमा बैठक भव्यता र उत्साहका साथ बैठक भएको उल्लेख गर्दै बैठकमा उपस्थित प्रमुख अतिथि, संरक्षक अभियन्ता लगायत सम्पूर्ण अभियन्ताहरुप्रती हार्दिक धन्यवाद र आभार प्रकट गरी संयोजक संचालक नारायण शर्माबाट बैठक सम्पन्न भएको घोषणा गरियो।” जनखबरले लेखेको छ।