सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भारतद्वारा अतिक्रमण गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा प्रकाशित गरिने र कोरोना महामारी विरुद्ध केन्द्रित हुने सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सिमानामा काडेतार अभियानका अभियान्ता तथा नेपाली मजदुर एकता समाजका संस्थापक संरक्षक समेत रहेका राष्ट्रवादी नायक नवल खड्काले स्वागत गरेका छन्।
नीति तथा कार्यक्रममा भारतद्वारा अतिक्रमण गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा प्रकाशित गरिने विषयलाई स्वागत गरेपनि एमसीसीलाई चोर बाटो अर्थात जस्केलाबाट छिराएर पास गराउन खोजिएको भन्दै सामाजिक संञ्जाल आफ्नो फेसबुक पेज मार्फत उनले दुख व्यक्त गर्नु साथै सम्पुर्ण हिसाबले देशको हित हुने भएको स्थितिमा मात्रै एमसीसी पास गर्न सकिने अन्यथा महाशक्ति केन्द्रहरु नेपाललाई खेल अथवा युद्ध मैदान बनाउन सक्ने भएकोले यो खतराबाट देशलाइ जोगाउन सबै माननीय सांसदहरुलाई समेत अनुरोध गर्दै उनले फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो लेखेका हुन।
सरकारको नीति तथा कार्यक्रममा उल्लेखित लिम्पियाधुरा सहितको नक्सा प्रकाशित गर्ने र कोरोना महामारी बिरूद्ध केन्दित हुने बिषयको स्वागत गर्दछु। तर एमसीसी आयोजनालाई पारित गर्नका लागि राष्ट्रको अपमान र नेकपाको केन्द्रिय कमिटको निर्णयलाई कुल्चदै जस्केलाबाट छिराउने प्रयासप्रति दु:ख ब्यक्त गर्दछु, उनलेे लेखेका छन्।
Insert your Ads code here
नायक खड्काले स्पष्टरुपमा लेखेका छन्, एमसीसी बारेको नेकपाको सुझाव कमिटिले औंल्याएका र विदेशी सेना नआउने प्रष्ट बूँदा लगायत राष्ट्रको स्वाभामिनलाई उँचो हुने अवस्थामा मात्र यसलाई पारित गर्न सबै माननीय संसदहरुलाई अनुरोध गर्छु। देश महाशक्तिको खेलमैदान हुन नदिनबाट जोगाऔं।