Loading... आजः शनिबार , श्रावण १२, २०८१

एमसीसीले मुलुकलाई धुजाधुजा बनाउँँछ: नेता नारायणमान बिजुक्छे


नेमकिपाका अध्यक्ष नारायणमाज बिजुक्छेले विकास र सहयोगसम्बन्धी अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले मुलुकलाई धुजाधुजा बनाउने दाबी गरेका छन्।

उनले यसलाई नेपालले संसदबाट अस्वीकृत गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पदबाट राजीनामा गराउनुपर्ने माग पनि गरेका छन्।

एमसीसी अमेरिकी सैनिक रणनीति अन्तर्गत नै रहेको दाबी गर्दै बिजुक्छेले नेकपाले नै उक्त सम्झौता अस्वीकार गर्नुपर्ने बताएका हुन् । एमसीसी पढेर बुझेका सत्तारुढ नेकपाका नेताले विरोध गरिरहेको र केही नेताले नबुझिकनै समर्थन गरेको बिजुक्छेको भनाइ थियो।

Insert your Ads code here

‘नेकपामा यस विषयमा फरक-फरक धारणा आइरहेको छ। त्यो हुनु स्वाभाविक नै हो। जसले त्यो रणनीति बुझेको छ त्यसले विरोध गर्छ। जसले बुझेकै छैन उसले सही गरिसकेपछि समर्थन गर्ने नै भयो,’ उनले भने। उनले परराष्ट्रमन्त्री ज्ञवालीले सम्झौता कार्यान्वयन गराउन अग्रसरता लिएको भन्दै उनले राजीनामा गर्नुपर्ने माग गरे। राष्ट्रीय सभाका सांसद र पत्रकारको एक टोलीसँग बिहीबार भक्पुरमा उनले यस्तो बताएका हुन्।

भेटमा एमसीसीको खरो विरोधमा उत्रिएका बिजुक्छेले एमाले र माओवादीको एकता गराएर नेकपा गठन हुनुमा र कांग्रेसलाई समर्थन गराउनुमा पनि ठूलो खेल रहेको आशंका गरे। उनको भनाइ थियो, ‘एमाले र माओवादीलाई किन मिल्न दियो? कांग्रेसले किन समर्थन गर्‍यो? यो सरकार नआएको भए यो (एमसीसी) नआउने नै थिएन। कांग्रेसले मात्रै गरेको भए यसको विरोध हुने थियो। त्यसकारण एमसीसी पास गराउनकै निम्ति यो चालबाल मिलेको हो।’ नेपाललाई अमेरिकाले पैसा दियो भन्दैमा लिन नहुने उनको भनाइ थियो।

एमसीसीलाई लिएर नेकपामा समर्थन र विरोधका स्वर उठिरहेका छन्। उक्त सम्झौता सैन्य रणनीतिअन्तर्गत होइन भन्ने अमेरिकी दूतावासको पटकपटकको प्रष्टीकरणले पनि नेकपाभित्रको विरोधको स्वर कम भएको छैन, कान्तिपुर अनलाइनमा समाचार छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!