Loading... आजः शनिबार , श्रावण १२, २०८१

एमसीसी यथास्थितिमा अनुमाेदन नगर्न सुझाव सहित प्रतिवेदन बुझाइयाे


सत्तारुढ दल नेकपाले बनाएको अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाएको छ। प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझाव दिइएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सुझावसहितको प्रतिवेदन बुझाएको कार्यदल सदस्य भीम रावलले जानकारी दिए। कार्यदलको सुझावमा एमसीसीमा समेटिएका केही बुँदाहरु संशोधन गरेरमात्रै अनुमोदन गर्नुपर्ने उल्लेख छ।

कार्यदलले सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाएको हो।

Insert your Ads code here

नेकपा केन्द्रीय कमिटीको माघ १५ देखि १९ गतेसम्म बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल बनाएको थियो।

बैठकमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने र त्यसबारे थप अध्ययन गर्नुपर्ने भन्दै अधिकांश सदस्यले कुरा उठाएपछि कार्यदल बनाइएको थियो।

कार्यदललाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको थियो। तर, कार्यदलले तोकिएको समयमा प्रतिवेदन बुझाउन नसकेपछि थप १० दिनको समय पाएको थियो। कार्यदलले प्रतिवेदन बुझाएपछि अब एमसीसीका सम्बन्धमा नेकपाले थप निर्णय गर्नेछ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!