Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

एमसीसी हुबहु पास हुन्छ: सभापति देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको त्रास छाएको भन्दै सचेत रहन आग्रह गरेका छन्। ‘कोरोना भाइरस भन्ने खतरनाक रोग नेपालमा आएको छ।

हात मिलाउन हुँदैन। नमस्ते गर्नुपर्छ,’ उनले भने, ‘हामी त जय नेपाल गर्छौं।’ धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हुबहु पारित हुनुपर्ने बताउँदै उनले भने, ‘यति ठूलो पैसा नेपालमा आएकै थिएन।’ देउवाले नेपालमा भ्रष्टाचार बढेको बताए।

‘नेपालमा भ्रष्टाचार बढेको छ। डल्लो बजेटको नाममा अनियमितता भइरहेको छ,’ उनले भने, ‘उपभोक्ताको नाममा योजना बाँड्ने काम पनि भइरहेको छ। यो पनि रोकिन आवश्यक छ।’ प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हरेको भन्दै उनले स्वास्थ्य लाभको समेत कामना गरेका थिए। कांग्रेसका विभिन्न विभागहरू गठनमा अर्को पक्षको असन्तुष्टि रहेको विषयमा सोधिएको प्रश्नमा देउवाले सल्लाह गर्दा पनि नभएपछि आफूले विभाग गरेको बताए।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!