Loading... आजः शनिबार , श्रावण १२, २०८१

एलबी राईद्वारा मोदी सरकारको कठोर शब्दमा आलोचना


मिरिक, 27 जुन। भारतको केन्द्र सरकारले बंगाललाई गर्ने रवैया गलत रहेको आरोप आज हिल टीएमसी अध्यक्ष एलबी राईले लगाएको छ। केन्द्र सरकारद्वारा शुरु गरिएको योजनाहरुमा बंगाललाई कही कतै स्थान नदिएकोमा साथै पेट्रोलको बढ्दो दामप्रति उनले आज प्रेस सम्मेलनको आयोजना गर्दै मोदी सरकार तथा बंगालका बीजेपी सांसदहरुको कठोर शब्दमा आलोचना गरेका छन।

विश्वभरि वर्तमान समयमा पेट्रोलको मुल्य घटिरहेको तर भारतमा भने दिनप्रति दिन बढाउदै गइरहेकोमा उनले असन्तुष्टि पोखे। उनले भने, आर्थिक रुपमा भारतभन्दा विपन्न देशहरुमा भन्दा भारतमा पेट्रोलको मुल्य किन महँगो बनिरहेको छ, यो चिन्ताको विषयहो अनि कोविड 19 को संक्रमणकालमा सरकारले मन मर्जीले शासन चलाइरहेको छ। केन्द्र सरकारद्वारा शुरु गरेको कतिपय योजनाहरु जस्तै गरीब कल्याण योजनाको निम्ति बंगालभित्रका जिल्लाहरुलाई किन अनुमोदन गरिएन जब कि बंगालका जिल्लाहरुमा पनि हजारौको संख्यामा प्रवासी मजदुरी गर्न गएका मानिसहरु फर्किएका छन् औ उनीहरु पनि बेरोजगारीको शिकार बनिरहेका छन, उनले प्रश्न खडा गरे।

यसैक्रममा उनले दार्जीलिङका भाजपा सांसद राजु विष्टलाई प्रेस विज्ञप्ती जारी गरेरमात्र केही नहुने तर ग्राउण्ड जिरोमा आएर काम गर्ने सल्लाह दिए साथै कोविड 19 लाई लिएर सांसदले राजनीतिक रोटी सेकिरहेको आरोप पनि लगाए। (पी छिरिङ शेर्पा)

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!