Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसएनटीका अस्थायी कर्मचारहरूलाई वर्खास्त गर्ने नोटसीटले आत्तिएका कर्मचारीहरू टाशिलिङ सचिवालयमा


गान्तोक, 27 फरवरी। सिक्किम सरकारको यातायात तथा परिवहन विभाग अन्तर्गत सिक्किम नेशनल ट्रान्सपोर्ट (एसएनटी)-मा वर्ष 2014-देखि 2019-सम्म अस्थायी रूपमा नियुक्त गरिएका कर्मचारीहरूलाई नोकरीबाट हटाउने राज्य सरकारले निर्णय लिन आँटेको सरकारी नोट सीट सार्वजनिक भएपछि कर्मचारीहरू सकसमा परेका छन्। राज्यको चारै जिल्लाबाट आज आएका एसएनटीका अस्थायी कर्मचारीहरूले यस्तो हुनु खटिखाने अस्थायी कर्मचारीहरूको निम्ति आजको दिन कालो दिन सावित भएको मन्तव्य व्यक्त गरेका छन्। हिजोमात्र सामाजिक सञ्जालमा भाइरल बनेको एसएनटी विभागको उक्त नोटसीट हेरेपछि तुरुन्तै कर्मचारीहरू गान्तोक आइपुगेका थिए। उनीहरूले विभागीय सचिव राजू बस्नेत सित सम्पर्क गर्दा कुनै ठोस निर्णय दिन नसकेपछि आफूहरू विभागीय मन्त्री सञ्जिव खरेललाई भेट्न भनेर टाशिलिङ सचिवालय पुगेको बताए। उनीहरूले सरकारले यस्तो निर्णय लिनु नहुने अनुरोध गर्दै मन्त्री खरेलसित भेट गर्दा मन्त्रीसम्म उक्त निर्णय बारे कुनै फायल नआएको बताएको अनि मन्त्रीले समेत आश्वासन दिएपछि आफूहरूको गुजार गर्ने एउटै माध्यम अस्थायी नोकरीबाट हात धुनुपर्ने डर रहेको बताउँछन्। यसैगरी उनीहरूले मासिकरूपमा 10 हजार पाँच सयको भरमा घर चलाउनुपर्ने अवस्था रहेको र त्यसबाट पनि निरस्त गर्दा ठूलै समस्या हुने भएकोले सरकारले तुरन्तै रोजगारबाट निकाल्ने आदेश रद्द गरेर भविश्यमा पुनः यस्तो दुःखको स्थिति सिर्जना नहोस भन्ने चाहेको बताए। कर्मचारीहरूको पक्षमा अभिहाङ याकु राईले बोल्दै भने, यहाँ कामगर्नेहरू पाँच छ सालदेखि काम गरिरहेका छन् अनि उनीहरूले यसै मार्फत घर चलाइरहेका छन्, धेरैले सरकारी कर्मचारी भएको नाताले लोनहरू लिएका छन् भने सरकारले यस्ता कुराहरूलाई बुझेर एसएनटी विभागका कर्मचारीहरूलाई निरस्त गर्ने आदेश फिर्ता लिउन भन्ने हाम्रो माग हो। यसैगरी उनले सरकारले लिएको नीति अनुसरा अन्य एमआर र एडहकका कर्मचारीहरूलाई झैं 8 वर्षपछि एसएऩटीका कर्मचारहरूलाई पनि स्थायी गरिदिन्छ भन्ने आशा व्यक्त गरेका छन्। लगभग 300 जना कर्मचारी एसएनटीमा नियुक्त भएको उनले बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!