Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसओपीसीएसको सेनिटाइजेशन प्रक्रिया निरन्तर


गान्तोक, 14 अप्रेल। सिक्किम अर्ग्यानिक पेस्ट कन्ट्रोल सेल्स एण्ड सर्विस (एसओपीसीएस) द्वारा जिल्ला प्रशासनको निर्देशमा पूर्व जिल्लाको विभिन्न ठाउँमा सेनिटाइजेशनको कार्यक्रम सञ्चालन भइरहेको छ। सर्विसको स्वामी सुरज गुरुङको नेतृत्वमा तकनीकि परामर्शदाता पंकज शर्मा सहयोग अमित गिरी र गणेश छेत्री (सिनियर अपरेटर)को दलले विभिन्न ग्राम प्रशासन केंद्र, एसडीएम, पीएचसी, पीएचएससी, फुड गोदाम, एमपीसिएस, थाना, आउटपोस्ट,भीएसीमा गत 3 अप्रेलदेखि निरन्तर सेनिटाइजेसन प्रक्रिया चलिरहेको छ।

यसैक्रममा पूर्व जिल्लाको विभिन्न ठाउँमा निरन्तर रूपमा सेनिटाइजेशनको काम चलिरहेको तकनिकी परामर्शदाता पंकज शर्माले बताएका छन्। पछिल्लो हप्ता लुम्से फुड गोदाम, बीएसी नाण्डोक, पीएचएससी नाण्डोक, पीएचएससी आसाम लिञ्जे, आहो छागे, पाकिम, फुड गोदाम, बीएसली पाकिम, एसडीेएम पाकिम, ग्राम प्रशासन केन्द्र, लिङ्के, पारखा, माछोङ प्राथमिक स्वास्थ्य केन्द्र, राक्दोङ तिन्तेक बीएसी, पीएचसी साम्दोङ, राङ्का बीएसी, रे मिन्दु ग्राम प्रशासन केंद्र, लुइङ, परबिङ पीएचएससी लुइङको सेनिटाइजेसन गरिएको छ। यसैगरि रम्फूको एसडीएम अफिस, एसडीपीओ अफिस, रम्फू वन विभागको कार्यालय, सिङताम खाम्दोङ बीएसी, पीएसएससी खाम्दोङ, पीएसची साङ, बीएसी साङमार्ताममा पनि सेनिटाइजेशन गरिएको छ। यसभन्दा अघि 3 अप्रेलको दिनदेखि राजधानी गान्तोकको सदर थानाबाट सेनिटाइजेशनको पहल शुरु गरिएको थियो।

एसओपीसीएसएसले निरन्तर रूपमा यसप्रकारको सुविधा प्रदान गर्ने अनि सिक्किमलाई कोभिड 19 बाट सुरक्षित राख्ने दिशामा हरसम्भवन पहल गर्ने बताएका छन्। देशबाटै भाइरस समाप्त नभएसम्म सर्विसेसले सेनिटाइजेशनको पहललाई निरन्तरता दिने बताए। एसओपीसीएसएसले बायो सेनिटाइजरको प्रयोग गरिरहेको छ जसमा मानिस र पर्यावरणलाई कुनै प्रकारको समस्या नहुने भएको हुनाले सुरक्षित रहेको बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!