Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसकेएमले विपक्षीमा हुँदा गरेको वाचाहरू सबै नौटङ्की सिद्धः नविन किरण


गान्तोक, 21 जनवरी। सिक्किममा ओएसडी प्रथाको विरोध गर्दै सत्तामा आएको एसकेएम पार्टीले अहिलेसम्म आफूले गरेको वाचाहरू कुनै पूरा नगरेपनि सिक्किमको स्थानीयहरूलाई सम्मान गरेर कमसेकम ओएसडी प्रथा हटाउनेछ भन्ने विश्वासमा पनि कुठाराघात गरेको सिक्किम सब्जेक्ट कमिटीका उप-संयोजक नविन किरणले आरोप लगाएका छन्। उनले कोलकाताका एक गैर सिक्किमे सुनिल सौरोगीलाई मुख्यमन्त्रीको ओएसडी बनाउने सरकारले सिक्किम सर्विस एक्ट 2006 अन्तर्गत नियुक्त गरेको विषयलाई विरोध गर्दै उनलाई तुरन्तै निस्कासित गरिनुपर्ने अनि अब उसो कानुन पनि निरस्त गरिनुपर्ने माग गरेका छन्। उपसंयोजक किरणले 2016-मा वर्तमान मुख्य सचिव एससी गुप्तकी धर्मपत्नी अनिता गुप्ताको यसै प्रकारको नियुक्तिनलाई लिएर आन्दोलनलाई गर्दै वर्तमान मुख्यमन्त्री पीएस गोलेले नेतृत्व गर्दै तत्कालिन सरकारको कार्यलाई विरोध गर्दै सिक्किमे वेरोजगारहरूको भाग खोस्ने काम भएको भन्दै धरना जुलुस र घेराउसम्म गरेका थिए। तर अहिले सरकार गठनको केही महिना भित्रै सुटुक्कै ओएसडी नियुक्त गरेर विपक्षीमा हुँदा गरेको वाचाहरू सबै नौटङ्की सिद्ध गरेका छन् भनि गम्भीर आरोप लगाएका छन्।
उनले यस प्रकारको कार्यले सिक्किममा सोचिएको सही परिवर्तन हुननसकेको अनि जनताको विश्वासमा कुठाराघात भएको गम्भीर आरोप लगाए। उनले भने, जसरी अनिता गुप्ताको काण्डमा एसकेएमले आन्दोलन गरेर सडकमा उत्रिएका थिए अहिले पनि जनताले एसकेएमको गरिगराइलाई हेरिरहेको छ र सिक्किमको पुरानो कानुन र स्थानीयहरूको अधिकार विरुद्ध सरकारले काम गर्छ भने हामी चुप लागेर बस्ने छैनौं यसको विरुद्धमा सडकमासम्म निस्कनका निम्ति तयार छौं र विरोद गर्नेछौं उनले भने।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!