Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसकेएम कार्यकर्तासित मुख्यमन्त्री तामाङले गरे कुराकानी


गेजिङ ०६ फरवरी // राज्यका मुख्य मन्त्री प्रेमसिङ तामाङले आज मानेबुङ – देन्ताम क्षेत्रको एसकेएम पार्टी कार्यलयमा पार्टी समर्थकहरुसंग भलाकुसारी गरे। क्षेत्र प्रभारी पुर्वहाङ सुब्बा साथै पार्टी कार्यकर्ताले पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीलाई स्वागत जनाएका थिए । मुख्यमन्त्रीले छोटो समयमा क्षेत्रको पार्टी कार्यलयमा उपस्थित जनाएर धेरै आश्वासन दिएकोमा क्षेत्र प्रभारी साथै पार्टी कार्यकर्ताले धन्यवाद दिएका छन् । सिक्किममा परिवर्तनको साँचो सरकार बनेको जस्मा आफ्नु ब्यस्तालाइ पर सारेर पार्टी कार्यलयमा उपस्तिथि जनाएर धेरै सुझावहरु राखेको प्रभारी सुब्बाले बताएका छन् । मानेबु- देन्ताम क्षेत्रका जनताको मर्मलाइ बुझ्दै साथै क्षेत्रको पुर्वधार बिकास माथी पनि मुख्यमन्त्रीले चर्चा गरिएको बताइएको छ।यस अवसरमा प्रभारी सुब्बाले क्षेत्रका धेरै जसो माङहरु राख्ने अवसर पनि पाए । स्मरण गराइन्छ आज समयलाई मध्य नजर राख्दै मुख्यमन्त्री गोलेले क्षेत्रको पार्टी कार्यलयमा समेत आफ्नु समय दिएकोमा क्षेत्रको तर्फबाट आभार ब्याक्त गरेका छन् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!