Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसकेएम सरकारले कोरोनाको महामारीबारे केही गर्न नसकेर आफ्नो गल्ती लुकाउन विपक्षीको नेता र सचेत नागरिक पक्राउ गर्दैछः जेबी दर्नाल


गान्तोक,9 अप्रेल। सिक्किमको एसकेएम सरकारले कोरोनाको महामारीमा लागेको आपतकालिन स्थितिमा केही गर्न नसकेपछि आफ्नो बद्नामी शुरु भएको थाहा पाएर समाजका सचेत नगारिक र विपक्षीका नेताहरूलाई धरपकड शुरु गरेको विपक्षी दल एसडीएफले आरोप लगाएको छ। एसडीएफका प्रवक्ता जेबी दर्नालले पत्रकार सम्मेलन आयोजन गरेर यस प्रकारको आरोप लगाएका हुन्। उनले एसडीएफ सामाजिक सञ्जालका महासचिव अभिनाश याखालाई राभाङला पुलिसले पक्राउ गरेको सन्दर्भमा विरोध गर्दै जनताले गुणस्तरीय त्रान सामाग्री पाएन भन्ने कुरा उठाउँदा सरकारले आफ्नो कमजोरी लुकाउन उनलाई पक्राउ गरेको बताए। यसैगरि सरकारको क्रियाकलापमाथि प्रतिक्रिया गर्दै भने, एसडीएफले जब पत्रकार सम्मेलन राखेर कोरोना भाइरसको जाँच गर्ने आफ्नै ल्याब बनाउनुपर्छ भन्ने माग राखेको थियो. त्यसमा सरकारले भने जाँच गर्न अन्तरराज्य बङ्गालमा गर्ने पहल चलाइरहेको थियो। अहिले केन्द्र सराकरले आइसीएमआरको दिशा निर्देशको मुताबिक हुनुपर्ने भारतसरकारको मानदण्डको कुरा उठाए पछि मात्र राज्यपालले बोलाएको बैठकमा सिक्किममा टेस्टिङ ल्याब ल्याउनुपर्ने निर्णय सरकारले गर्यो यसको निम्ति राज्यपाललाई धन्यवाद दिन्छौं। उनले भने, देश आपतकालिन स्थितिमा छ अहिले डिजास्टर ऐनमा देश र राज्य चल्दैछ प्रशासनको आदेश मुताबिक 144 धारा अन्तर्गत सबै घर घरमै बसेर विमारी बिरूद्ध लड्दैछौं। प्रशासनको आदेशलाई पालन गर्दैछौं एसकेएम र एसडीएफ नभनेर अहिले राज्य सरकारले आपतकाल लागु भएपछि डीएम एक्टले के भन्छ भने निम्न तप्काका मानिसहरूलाई रोजिरोटीको खानापान र बचाउको कार्य सरकारले व्यवस्था गर्नुपर्ने छ तर सरकारले त्यो गरेको छैन। प्रवक्ता दर्नालले भने, सिक्किमको एसकेम सरकारले जनवरीदेखि नै कोरोनाको विरूद्धमा पहल शुरु गरेको भन्ने अनि मुख्यमन्त्रीका राजनैतिक सचिव र एक मन्त्रीले रम्फूमा भ्रमण गरेको कुरा उल्लेख गर्दै प्रचार गर्नेले अहिलेसम्म कुनै परिणाम दिएको छैन्। तर एस़डीएफ पार्टीले कराएपछि जनताको पक्षमा वकालत गरेपछिमात्र अहिले आएर चामल र राहत बाढ्दैछ। सरकारले अहिले त्यो पनि कसरी गर्दैछ त्यो आम जनता आफैले सरकारको पहल विफल भएको कुरा चार दाना पियाज देखाएर सरकारले त्राणको रूपमा चारदाना पियाज दिएको सोसियल मिडियामा हाल्दैछन् त्यो सिक्किमकै बद्नाम हो, उनले भने। यसैगरि प्रवक्ता दर्नाले भने, केन्द्र सरकारले जुन प्रकारको गाइड लाइन दिएको छ त्यसको सही रूपमा पालन गर्नुपर्छ। सिक्किमका नागरिकहरूलाई आवश्यकता पूरा गर्न पूर्ण रूपमा विफल भएपछि यो कुरा जनतालाई बुझाउन सबै सचेत नागरिकले सुझाउ दिएर सचेत गराउन सक्छ तर त्यो सरकारको विरोध गरेको होइन तर सरकारको कमी कमजोरी देखाइदिएको हो। तर सरकारले कानुनको सहारा लिएर सचेत नागरिक र विपक्षीको आवाज दबाउन काम गरिरहेको छ। हरिनारायण सुवेदी जीएस इनचार्जा गेजिङले प्राथमिक दर्ता गरेपछि एसडीएफका सोसियल मिडिया महासचिव अभिनाश याखालाई राभाङला थानामा पक्राउ गरेर राखिएको छ। उनलाई आइपीसीको धारा 500, 504 र 505 लगाएर पक्राउ गरिएको छ। तर हरिनारायण सुवेदी को हो सरकार हो कि अभिनाश याखाले गुणस्तरीय चामल विरतण गरेन भन्दा सरकारको वद्नाम भयो कि सुवेदीको बद्नाम भयो उनले प्रश्न गरेका छन् । अभिनाश याखाले गरेको पोस्टमा आइटी ऐन लगाउनु पर्ने या त डिजास्टर म्यानेजमेन्ट ऐन अन्तर्गत पक्राउ गर्नुपर्ने थियो आइपीसी कहाँबाट आयो दर्नाले प्रश्न तेर्साएका छन्। अर्कोतिर सर्वोच्च न्यायालयको आदेशको अनुसार जेलबाट मान्छेलाई पेरोलमा छोडिन्दैछ तर सिक्किम सरकारले मान्छे पक्राउ गरेर जेलमा हाल्दैछ। यस्तै कुरा गर्ने हो भने केही दिन अघि सोरेङका सुवास तामाङ र उनको छोरोले सोरेङ पुलिसलाई थानामा गएर कुट्यो त्यसबारे सरकारले के कार्वाही गर्यो कि सरकारकोमा याखालाई र सुवास तामाङलाई लाग्ने कानुन अलग अलग हो त्यो बताइदिनुपऱ्यो। जनताले यो कुरा जान्न चहान्छ, प्रवक्ता दर्नालले माग गरे। उनले भने एसकेएम सरकारले आफ्नो कमि कमजोरीलाई लुकाउन विपक्षीलाई धरपकड गर्ने प्रयास गरिँदैछ। यसैगरि रङ्गली थानामा पनि एसडीएफका कार्यकर्तालाई खोजिँदैछ। आपतकालको समय हाम्रो पार्टीको तर्फबाट सहयोग गरिरहेका छौं सरकारलाई चाहिने कुरालाई सहयोग गर्ने बचन दिएका छौं तर मान्छेलाई धर पकड गर्दा अभिनाश याखा र सचेत नागरिकलाई थुन्दा कोरोना कम्ती हुँदैन सरकारले बुझ्नुपर्छ। यसैगरि एसडीएफका प्रवक्ता एमके सुब्बालाई कोरोना लाग्यो भनेर एसकेएमकोले पोस्ट गऱ्यो तर त्यसमा उनीहरूले के कार्यवाही गऱ्यो उनले प्रश्न गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!