Loading... आजः आइतबार , बैशाख १४, २०८२

एसकेएम सरकारले पञ्चायतको अधिकार मासेर प्रजातन्त्र खत्तम


पार्दा कोविड 19 सित जित्न सक्दैनः पासाङ शेर्पा
गान्तोक,31 मई। सिक्किम सरकारले संविधानले दिएको पञ्चायती राज व्यवस्था मास्ने काम गरेको अनि प्रजातन्त्र खत्तम पार्ने काम गरेको गम्भीर आरोप 371 एफ अभियानका संयोजक पासाङ शेर्पाले लगाएको छन्। उनले पत्रकार सम्मेलन आयोजन गरेर भने, अहिलेको घढीमा पञ्चायती राजको धज्जिया उडाएको छ। पञ्चायती राज संसोधन ऐन 2003 मा परिवर्तन गरेर अब पञ्चायतीराज व्यवस्थामा राजनैतिक हस्तक्षेप नहुने कानुन बनायो गत विधानसभामा त्यसको हामीले स्वागत गरेका थियौ। तर उनीहरूको उद्देश्य पञ्चायती राजलाई बलियो बनाउनु होइन तर एकै महिना नभइ केही दिन पछि 15 मई 2020को दिन सिक्किम सरकारले एउटा अधिसूचना जारी गऱ्यो जसमा सामाजिक दूरत्व पालन गर्दै ग्राम सभा गर्न नपर्ने अनि त्यसको निम्ति बीडीओको अध्यक्षतामा सबै कार्य गर्न सक्ने बतायो जसले संविधानको धारा 243 र संविधान 73 र 74 संसोधनको पनि उल्लंघन गरेको छ, उनले भने। संयोजक शेर्पाले भने, जब यो महामारीमा केरलाले कुटुम्बश्री कार्यक्रम गरेर हरेक तप्काको विषयमा जानकारी लिने र ग्राम पञ्चायतले जमीनीस्तर तृणमूल स्तरबाट काम गर्नपर्ने अनि उच्च स्थान प्रदान गरेको छ। त्यसैले भारतमा कोविड 19 सित लड्ने सर्वश्रेष्ठ राज्यको रूपमा चिन्हित भएको छ। तर सिक्किममा भने कोविड19 को आन्दोलनमा पनि पञ्चायतलाई अघि सार्नु पर्नेमा अहिले अधिकारी खोसिन्दैछ भन्ने दाबी गरे। उनले भने, जन प्रतिनिधिहरूको अधिकारलाई मासेको छ त्यसको घोर विरोध गर्न चहान्छु।
उनले हिज दक्षिण सिक्किममा कोइरीको टेण्डरमा भएको घटनालाई उल्लेख गर्दै भने, अहिले कोइरीको टेम्डरमा पनि पञ्चायतको रेकमेन्डेशन चलेन त्यसमा पनि क्षेत्र विधायकले नदिनु भनेको भन्दै छ विधायकले भने समय गईसकेको बताउँदैछ। सिक्किमले भारतको पञ्चायती राज र दुइस्तरी ग्राम पञ्चायत स्तर खत्तम पार्ने र पञ्चायतको अधिकार मास्ने काम गरेको छ त्यसको घोर विरोध गर्दछु।
उनले भने, संविधान संसोधन 73 -74 ले पञ्चायतले 29 वटा विषयलाई हेर्न सक्ने प्रावधान छ त्यसमा स्वास्थ्य र स्वास्थ्य चौकीहरू पनि छ जुन कोविड 19 को समस्यासित जुझ्न उनीहरूको भूमिका अऩिवार्य छ। तर जब सम्म एसकेएम सरकारले पञ्चायतहरूको अधिकार खोस्ने काम गर्छ अनि पञ्चायती व्यवस्था खत्तम पार्छ त्यसले कोविड 19 सितको आन्दोलनलाई जित्न सकिन्दैन। जब सम्म स्थानीय शासन व्यवस्थामा रहेको पञ्चायतहरूसित हातेमालो गरेर सरकारअघि बढ्दैन भने कोविडलाई जित्न सक्दैन उनले दाबी गरे।
संयोजक शेर्पाले अहिले सबै सत्ता नोकरशाहको अधिनमा गएको बताउँदै भने, यदी पञ्चायतको अधिकार खोसिन्छ भने विधायकहरू पनि सरकारमा बसिरहने काम छैन बिडियोले जस्तै मुख्यसचिवले सरकार सम्हाल्दा भयो। जन वितरण प्रणाली पनि पञ्चायतको अधिनमा आउनुपर्छ। जिल्ला स्तरीय योजना समिति कहाँ बनायो सरकारले बीडीयोलाई लिएर बनाउँछ भने खतरा हुन्छ अहिले टुप्पोबाट उँधो झर्ने काम गर्दैछ सकरारले त्यो प्रजातन्त्रको निम्ति खतरा हो संयोजक शेर्पाले दाबी गरे।
उनले सबै पञ्चायतहरूलाई आह्वान गर्दै अधिसूचना संविधान विरोधी गैरकानुनी हो भन्दै यस्तो अधिसूचना प्रजातन्त्रलाई घात हुन्छ अनि सबैजनाले अब आफ्नो आफ्नो वार्डबाट चिट्ठी लेखेर प्रधानमन्त्रीलाई पठाउनुपर्छ भनि आह्वान गरे। यसैगरि उनले पञ्चायतले लेखेको चिट्ठी कसैले काट्न सक्दैन। यसैगरि लोकसभा सांसद इन्द्र हाङ सुब्बाले पनि सबै पञ्चायत वार्डमा स्वातन्त्र मान्छे पार्टीले पठाउने भनेको छ त्यो पनि संवैधानिक पदमा बसेको मान्छेले भन्नु दुर्भाग्यपूर्ण हो। हामी पनी ग्रामीण प्रबन्धन मन्त्रीलय, प्रधानमन्त्रीलाई चिट्ठी लेख्नेछौं अनि सबैले चिट्ठी नै पठाएर भए पनि गैर कानुनी अधिसूचना खारेज हुन्छ भनी ठोकुवा गरे।
अहिले पञ्चायतको अधिकार खोसिएको कारण धेरै समस्या भएको दाबी गर्दै भने, पञ्चायत सबैको निम्ति अनिवार्य कुरा हो किन भने पञ्चायतकोमा सबै ग्रामस्तरको जानकारी प्राप्त गर्न व्यक्ति हो तर सरकारले उनीहरूको अधिकार खोसेको कारण जनताले उपचार र अन्य लाभ पाउन सकेको छैन।
पञ्चायतहरूको कामबारे बोल्दै भने, समाजमा स्वयंसेवी भेला गर्ने, गाउँ बस्तीमा कसलाई लाभ दिनुपर्ने ग्राम पञ्चायतको हो बीडीओको होइन तर सबैलाई कुल्चिएर पञ्चायती राज व्यवस्था खत्तम पार्दैछ त्यसको विरोध गर्छौं। सरकार नपुगेको गल्ती गरेको सबै ठाउँमा पुगेर हामी प्रतिवेदन तयार पार्छों।
यसैगरि उनले कोविड 19 बारे डाकेको सर्वदलीय बैठकको निम्ति सरकारले अनुमति नदिएकोमा विरोध जनाए। उनले भने, कोविड 19 आर्थिक स्थितिबारे जानकारी लिन 30 जनालाई बोलाएर बैठक गर्ने निर्णय गरेका थियौं त्यो सामाजिक दूरत्व पालन गर्दा पनि नदिने भन्दैछ । तर सरकारको यो नीति केवल विपक्षी दल सामाजिक कार्यकर्ता र राजनैतिक एक्टिभिष्टहरूलाई मात्र लागु गरेको छ। तर सत्तारूढ दलले भने आफै पार्टी लागेर राज्यभरि संगठन गठन गर्दैछ ठेकादार संगठन खोल्यो, पायो भने सबैले गर्न पाउनुपर्छ होइन भने सबैले पाउनु हुँदैन तर सत्ता पक्षकोले मात्र गर्न पाउनु भनेको प्रजातन्त्र हनन भएको छ। पर्यटन शाखा, सरकार गठन दिवसमा पनि सामाजिक दूरत्व पालन गरेन भन्ने आरोप लगाए।
जनताले सही कुरा थाहा पाउँछ भनेर सरकारले हामीलाई बैठक गर्न नदिएको भए पनि हामी व्यक्तिगत रूपमा सबैसित बैठक गर्नेछौं जसमा जनताले पाएको दुःख, पञ्चायतहरूको समस्या, बेरोजगारको निम्ति कुरा गर्नेछौं। अहिले समाज कतातिर जाँदैछ त्यो कुरा सरकारले बुझ्नुपर्छ। प्रेस अनि मिडियालाई पनि विज्ञापन पनि दिन बन्द गरेको छ त्यसैले प्रेस पनि छैन भने जनताले सत्य कसरी थाहा पाउनेछ भनि प्रश्न गरे। यसैगरि उनले सिक्किममा सबै मिडिया बन्द भएको खण्डमा न प्रजातन्त्र रहन्छ न चौथो स्तम्भ रहन्छ। अहिले प्रेस मिडियालाई प्रोत्साहित गर्नुपर्नेमा अस्तित्व मास्ने काम गर्दैछ भनि आरोप लगाए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!