Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

एसकेएम सरकारले राजनैतिक कारणले स्थान्तरण, सेवा विस्तार बन्द गर्नुपर्छः सिक्किम भाजपा प्रथा


गान्तोक, 31 जनवरी। भारतको हिमाली राज्य सिक्किमको गत 2019 सालको विधानसभा चुनाउमा व्यवस्था परिवर्तनको नारा लिएर चुनाउ मैदानमा आएको सिक्किम क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम)-लाई राष्ट्रिय सत्तारूढ दल तथा सिक्किमको विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) ले चुनाउमा सत्तामा जान गरेको बाचाहरू विपरित काम गरेको भन्दै खै गरेको छ। भाजपा राज्य महासचिव एसबी कार्कीले एउटा प्रेस बयान जारी गर्दै भनेका छन्, राज्यवासीले ठूलो आशा, आकांक्षा र विश्वासका साथ सत्तामा पुऱ्याएको छ। चुनाउ अघि पार्टीले गरेका तमाम घोषणा र वाचाहरू पूरा हुने आशामा सिक्किमे जनता अहिले प्रतीक्षारत छन्। चुनाउ अघि जनतालाई दिइएका वचनहरूमा सरकारी कर्मचारीहरूलाई राजनीतिक स्वार्थहेतु स्थानान्तरण नगरिने, कर्मचारीहरूको सेवा विस्तार (सर्विस एक्सटेन्सन) प्रथा पूर्ण रूपमा बन्द गरिने जस्ता विषयहरू पनि समावेश थिए जुन विषयलाई एसकेएम पार्टीले आफ्नो स्थापनाकालदेखि नै तीव्र विरोध जनाउँदै आएको थियो।
उनले भनेका छन्, विगतको सरकारमा चुनाउपछि भारी मात्रामा सरकारी कर्मचारीहरूलाई राजनीतिक शिकार बनाउने अनि राजनीतिक उद्देश्यले स्थानान्तरण तथा भिक्टिमाइजेशन गरेको कारण कर्मचारीतन्त्रमा कार्यक्षमतामा कमी आउनका साथै कर्मचारीहरूमा नकारात्मक भावना जागृत भएको थियो। यसर्थ, व्यवस्था परिवर्तनको नारा लिएर आएको नयाँ सरकारलाई कर्मचारीहरूको स्थानान्तरण गर्दा राजनीतिक स्वार्थपूर्तिको निम्ति नगरेर समाजपयोगी अनि आम जनताको हितलाई ध्यानमा राखेर गरिदिने प्रदेश भाजपा सुझाउ दिन चाहन्छ। उऩले थपेका छन्, वर्तमानमा विशेषगरी शिक्षा विभागबाट धेरै शिक्षकहरूको स्थानान्तरण प्रक्रिया चलिरहेको छ, यसमा उपरोक्त विषयलाई विशेष ध्यान पुऱ्याउने सल्लाह दिन चाहन्छ किनकि राजनीतिक दृष्टिले स्थानान्तरण गरियो भने सिक्किमेली समाज हिजोको जस्तै खण्डित हुनेछ अनि सामाजिक एकताको जुन नारा मुख्यमन्त्री पीएस गोलेले दिएका छन् त्यो कथनी र करणीमा फरक देखिनेछ भनि बताएका छन्।
अर्कोतिर, उच्च पदस्थ सरकारी अधिकारीहरूको एक्सटेन्सन प्रथाविरूद्ध वर्तमानको सत्तारूढ़ एसकेएम पार्टीले स्थापनाकालदेखि नै विरोध गर्दै आएको थियो। यद्यपि, वर्तमानमा पनि एक्सटेन्सनका अधिसूचनाहरू छुटफुट रूपमा प्रकाशमा आइरहेका छन्। यसरी जुन प्रथाहरूको विरोध गर्दै एसकेएम पार्टी सत्तामा आएको छ यदि त्यही प्रथाहरूलाई निरन्तरता दिइएकोले सिक्किमे जनतामाझ कतै पुरानै परिपाटी फर्केर त आउँदैन भन्ने शंका-उपशंकाहरू सृजना भइरहेको छ भनि महासचिव कार्कीले शंका व्यक्त गरेका छन्।
उऩले सुझाउ राख्दै भनेका छन्, पछिल्लो सरकारको परिपाटीलाई त्यागेर व्यवस्था परिवर्तनको जुन नाराका साथ सत्तामा पुगेको छ त्यसलाई कार्यरूपमा उतारेर जनताको आशा र आकांक्षालाई पूरा गर्ने प्रदेश भाजपा एसकेएम सरकारलाई सुझाउ दिन चाहन्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!