गान्तोक,21 मार्च। सिक्किम विधानसभा सचिवालयद्वारा तारीख गत 19 जारी गरेको निर्देशन बमोजिम बजेट अधिवेशनको रिपोर्टिंगमा विशेष स्वातन्त्र सञ्चारकर्मीहरुलाई प्रवेश निषेध गरेको आदेशलाई सिक्किम प्रदेश कांग्रेसले अप्रजातांत्रिक संज्ञान गर्दै, आदेशको घोर भत्सर्ना गरेको छ। कांग्रेस महासचिव सुमित्रा राईले प्रेस बयाना जारी गर्दै भनेको छ, भाजपा एसकेएम गठबन्धन सरकारको शासनमा सिक्किमको जनताले यस प्रकारको गैर प्रजातान्त्रिक आदेशको अनुभव पाउनु अति दूर्भाग्यपूर्व तथा निन्दनीय घटना हो।
उनले भनेका छन्, कोरोना भाइरसको समस्याले यदि सरकारले यस्तो कदम लिनुपर्ने बाध्यता हो भने भारतका प्रधानमंत्री नरेन्द्र मोदीले पनि आफ्नो सम्बोधनमा जनता कर्फ्यूको दिन सञ्चारकर्मीलाई छुट दिएका छन्। सिक्किम विधानसभा सत्रमा स्वातन्त्र सञ्चारकर्मीको प्रवेशले कोरोना भाइरस हैजाको खतरा बन्नसक्छ भने के बिधायकहरुको र सम्बन्धित कर्मचारीहरुको जमघटले खतरा हुँदैंन ? के बजेट सत्रलाई केही समयको निम्ति स्थगित गर्नु मिल्दैन ?
उनले अझ भनेका छन्, अधिल्लो एसडीएफ सरकारको शासनमा वर्तमान मुख्यमन्त्री पिएस गोलेले कालोपट्टी देखाउँदै प्रजातन्त्र बचाउने आफ्नो बचन दिएका थिए भने एसकेएमका कतिपय विधायक जो आजको सरकारमा मन्त्रीको रुपमा बिराजमान छन् , उनीहरूले पनि धेरै चोटी सदनबाट बहिष्कार भएको सारा सिक्किमे जनता गवाही छन्। तर आज भाजपा एसकेएम गठबन्धनलाई शासनमा सहयोग पुराउने यिनै स्वातन्त्र सञ्चारकर्मीहरुलाई विधानसभा प्रवेश निषेध गरिनु कस्तो प्रजातान्त्रिक बिडम्बना हो ? यस्तो आदेश जारी गरेर भाजपा एसकेएम गठबन्धन सरकारको निकम्मा शासनको पर्दाफाश हुने डरले यस्तो कदम लिएको हो। भाजपा एसकेएम सरकार हरेक क्षेत्रमा असफल बने पछि जनतालाई आँखामा धुलो हाल्न सरकारी सञ्चार माध्यमलाई प्रवेश अनुमति दिनुसक्ने, तर स्वातन्त्र सञ्चारकर्मीलाई रोक गर्ने आदेशलाई खारेज हुनुपर्छ। प्रजातन्त्रको चौथो खम्बासमेतलाई कैदी बनाइन्छ भने भाजपा-एसकेएम गठबन्धनको सिद्धान्त लोकतन्त्रको निम्ति खतरा हो, उनले भनेका छन्।