Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसटीएनएममा डॉक्टर दिवस पालन


अरू विभागमा एक्सटेन्सन हुँदैन तर स्वास्थ्य विभागमा आवश्यक परे गर्नेछौः मुख्यमन्त्री तामाङ

Insert your Ads code here

गान्तोक, 1 जुलाई। सिक्किमको राजधानी गान्तोक नजिक सोकेगाङ सिच्छेस्थित एसटीएऩएम अस्पतालमा मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा डॉक्टर दिवस पालन गरियो। यसअवसरमा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री तामाङले सबै चिकित्सक अनि स्वास्थ्यकर्मीलाई बधाई अनि शुभकामना दिए। उनले भने, डॉक्टरको आगमन नै भगवानको आगमन बराबर हो, स्वास्थ्य विभाग साथै यस क्षेत्रमा खट्नेहरुको तत्परता र सजकताको कारणले नै आज विश्वले सिक्किमलाई चिनेको छ, वर्तमान सरकारले सबैभन्दा धेरै प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिएको छ अनि सरकारले राज्यको स्वास्थ्य क्षेत्रलाई टेवा पुऱ्याउने छ, साथै हाम्रो राज्यको स्वास्थ्य सेवा सबैभन्दा राम्रो होस भन्ने हाम्रो सरकार चाहन्छ, उनले थपे। कोविड 19 को विरूद्ध राज्य सरकारले गरिरहेको पहलमाथि प्रतिक्रिया गर्नेहरूलाई जवाफ दिँदै मुख्यमन्त्रीले भने, कतिले हाम्रो स्वास्थ्य सेवालाई विश्वास नगरेर कोविड – १९ को एउटा बिमारी जाती बनाएर देखाऊ भन्ने गर्थ्यों तर आज ४० भन्दा धेरैलाई कोविड -१९ को संक्रमणबाट निको बनाएर घर पठाएका छौं यो हाम्रो स्वास्थ्य बिभागको ठुलो उपलब्धी हो, यसको निम्ति बधाई अनि धन्यवाद छ।

आउँदो वित्तिय वर्षदेखि सिक्किममा ‘मोबाइल भिलेज क्लीनिक’ शुरू हुने र गाउँ-बस्तीमा सबैले स्वास्थ्य सेवा पाउने मुख्यमन्त्रीले घोषणा गरे। यसका साथै कोविड – १९ सँग लड़ने चिकित्सकहरूको निम्ति २० हजार, नर्सहरुको निम्ति १० हजार अनि तल्लोतहको स्वास्थ्यकर्मीहरुको निम्ति ५ हजार रूपियाँको एकपल्टको निम्ति इन्सेन्टिभको रूपमा सरकारले प्रदान गर्ने घोषणा गरेका छन्।

मुख्यमन्त्री तामाङले अन्य विभागमा कार्यरत कर्मचारीहरुले सर्विस एक्सटेंशन नपाउने तर सरकारलाई खाँचो परेमा स्वास्थ्य विभागमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सर्विस एक्सटेंशन दिने घोषणा पनि गरेका छन्।

कार्यकर्ममा अतिथिको रूपमा स्वास्थ्य मन्त्री एमके शर्मा,शिक्षा मन्त्री केएन लेप्चा, पर्यटन मन्त्री बीएस पन्त, शहरी विकास मन्त्री अरुण उप्रेती, विद्युत मन्त्री एमएन शेर्पा, सोरेंग – च्याखङ्ग समष्टिका विधायक आदित्य गोले,जङ्गु समष्टिका विधायक पिञ्छो नामग्याल लेप्चाको उपस्थिति रहेको सत्तारूढ एसकेएमले जारी गरेको प्रेस बयानमा उल्लेख छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!