Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसटीएनएममा भर्ती भएका बिरामीका आफन्तलाई खाना खुवाउँदै सिच्चेका युवाहरू


गान्तोक, 2 अप्रेल। राजधानी छेउको सिच्चेका युवाहरूले नयाँ एसटीएनएम अस्पतालमा भर्ती भएका बिरामीका आफन्तहरूलाई खानाबाँडि सहयोगको हात अघि बडाएका छन्। देशव्यापी लकडाउन चलिरहेको समय लगभग 10 जना युवाहरूको टोलीले अस्पतालमा विरामी रुङ्नेहरूको निम्ति खाना उपलब्ध गराउन थालेका हुन्। आफ्नो समाज सेवाको बारेमा जानकारी दिँदै टोलीका सदस्य टाशी भोटियाले पत्रकारहरूलाई यस विषयमा जानकारी गराएका हुन्। उनले लकडाउनको पहिलो दिनदेखि 60 देखि 90 जनालाई प्रतिदिन खाना खुवाउने गरेको बताउँदै अहिले अन्य संस्थाहरूले पनि जोडिएर काम गर्ने इच्छा राखिरहेको बताएका छन्। उनले अन्य जिल्लाका संस्थाहरूलाई पनि राज्यका जिल्ला अस्पतालहरूमा गएर बिरामीका आफन्तहरूलाई खाना खुवाउने अपील गरेका छन्। उनले बिरामीका आफन्तहरू धेरैजसो राजधानीदेखि टाडो बाट आउनेगरेको जानकारी दिँदै उनीहरूले युवाहरूको टीमको कामको प्रशंसा पनि गरेका छन्। युवाहरूले अहिले आफूहरूलाई केही समस्या नभएको जानकारी दिँदै आफूहरूले टाडाबाट आउने गरेका बिरामीहरूलाई आफ्नै वाहनमा पुऱ्याइदिने गरेको बताएकाछन्। मानिसहरूको सेवाको निम्ति अहिले तीनवटा नीजि वाहनहरू आफूहरूले कुदाउँदै गरेको जानकारी दिएका छन्। युवाहरूले यस अघि अन्य ठाउँबाट खाना बनाएर ल्याएर दिँदै गरेको अनि अहिले भने अस्पताल प्रशासनले आयुष अस्पतालको ग्राउण्ड फ्लोरदिएको अनि त्यसै ठाउँमा आफूहरूले खाना बनाएर खुवाउँदै गरेका छन्। प्रतिदिन अलग अलग मेन्यूमा खाना बनाएर दिने गरेका छन् भने त्यो सबै आफ्नो बलबुत्तामा गरिरहेको जानकारी दिएका छन्। स्वयंसेवी युवाहरूले आफूहरूले विरामीका अभिभावकहरूलाई खाना खुवाउँदा कतिपयः अभिभावकहरूले केही सहयोग दिनेगरेको अनि कतिजनाले आफूहरूलाई काम सगाउने गरेको पनि बताएका छन्। जानकारी गराइन्छ अस्पतालबाट छुट्टी लिएर जाने मानिसहरूको निम्ति वाहनको त्यस्तो सवुधा नभएको कारण यसै टोलीका सदस्यहरूको वाहन एसके 01 पी 8888 अनि एसके 01 पी 7727 रहेको र खानाको सामाग्री ओसार्नकोनिम्ति एसके 01डी 8888 रहेका छन्। बिरामीहरू लाँदा उनीहरूले आँफैं पर्मिट बनाएर लानेगरेको जानकारी दिएका छन् भने उनीहरूले अस्पतालबाट बिदा पाएका बिरामीहरूलाई पुऱ्याउऩे प्रावधान हुन अनिवार्य रहेको बताएका छन्।
8अर्कोतिर एसटीएनएम अस्पतालकै बाहिरपटि राजधानी गान्तोकको बप्तिस चर्चले पनि अस्पतालका स्टाफ, डाक्टर, नर्स अनि अस्पतालमा भर्ती गराइएका बिरामीहरूलाई खाना खुवाउने काम गरिरहेका छन्। उनीहरूले गएको 29 मार्चको दिनदेखि बाँड्ने गरेको जानकारी दिएका छन् भने यसको निम्ति आगामी 4 अप्रेलको दिनसम्म आफूहरूलाई पर्मिसन भएको पनि बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!