Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

एसटीएनएममा भाइरल टेस्टिङ ल्याब निर्माण कार्य शुरु


गान्तोक, 13 अप्रेल। सिक्किमबाट अहिलेसम्म 70-वटा कोविड-19 नमुना जाँचको निम्ति पठाएकोमा अहिलेसम्म सबै नेगेटिव आएको सिक्किम सरकारको स्वास्थ्य विभागका डीजी तथा सचिव पेम्पा टी. भोटियाले जानकारी दिएका छन्। मुख्यरूपमा अहिले राजधानी गान्तोकस्थित एसटीएनएम अस्पतालमा भारल टेस्टिङ ल्याबको जुन माग रहेको थियो त्यसको कार्य अहिले सुचारू भइसकेको उनले बताएका छन्। सचिव भोटियाले ल्याब निर्मामको निम्ति चाहिने बालुवा र इटा आदि स्थानीय मानिसहरूबाट मिलाइदिएको जानकारी दिँदै जतिसक्दो चाँडो निर्माण कार्यलाई पूरा गर्नुपर्ने निर्देश दिएको बताएका छन्। उनले आज आफूलगायत विभागयी प्रधान निर्देशकद्वय अनि अन्य अधिकारीहरूपनि साममेल भइ निर्माणाधिन ल्याबको निरिक्षण गरेको बताएका छन्। भ्रमण अवधीमा माइक्रो बायलोजीको टीमसँग आफूहरूले निर्माण कार्यबारे बहस अनि कुन आधारले चाँडो काम गर्न सकिन्छ भन्ने कुरामा चर्चा गरिएको बताए।
उनले आईसीएमआरले दिएको निर्देश अनि फण्डमा काम गरिरहेको जानकारी दिँदै कामलाई राम्रोसँग सक्ने र चाँडै सकिने पनि बताएका छन्। उनले सबै सामाग्रीहरू समयमा आए दुई महिनाभित्रमा काम सकिने बताए। उनले बायो सेफ्टी केविनेटलगायत अन्य मेशिनहरू जडान गरिसक्दा दुई महिनाको समय लाग्ने पनि जानकारी दिएका छन्। सचिव भोटियाले भनेका छन्, बायो सेफ्टी केविनेट मशिन सबस्टेण्डर्डको भएको कारण सिक्किमको माइक्रो बायलोजी विभागले यसको यसलाई रिसिभ गर्न नमानेको बताएका छन्। विभागले कुनै मेशिन रिसिभ गर्दा कुनै मजाक नगरी रिसिभ गर्नुपर्ने अनि त्यसको डेमोस्ट्रेसन हुनुपर्ने बताएका छन् उनले अहिलेसम्म जुन मशिन सिक्किम आइपुगेको छ त्यो डेमोस्ट्रेसन नभएको जानकारी दिए। उनले भाइरोलोजी लेबको निम्ती दिल्लीमा कुरा गरिएको अनि आरसी दिल्लीसँग सम्पर्क गरिएको जानकारी दिए। यस अतिरिक्त उनले काम गर्नको निम्ति जनताबाट पनि सहयोग प्राप्त भइरहेको र मानिसहरूले आफूहरूले नचिनेको मानिस गाउँमा आएपनि विभागलाई खबर गर्ने गरेको बताएका छन्। सचिव भोटियाले सबै विभाग अनि पुलिस प्रशासनले पनि सहयोग पुऱ्याएको जानकारी दिएका छन्। बाहिरबाट आउने विद्यार्थीहरूको विषयमा सोधिएको प्रश्नको उत्तरमा उनले भने, त्यो सरकारको माथि निर्भर गर्दछ अनि बाहिरबाट मानिसहरू आउँदा उनीहरूले पनि त्यो रोग लिएर आउन सक्नेछन्। त्यसैले त्यसमा रोक लगाएकै राम्रो हो पनि भनेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!