Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसडीएफले पालन गर्यो 28औं सम्पूर्ण क्रान्ति दिवस


जनताले आधुनिक युगको सुविधासम्पन्न जीवन जीउन पाउनुपर्छ भन्ने कुरामा आज पनि हाम्रो क्रान्ति जारी छः पवन चामलिङ

Insert your Ads code here

गान्तोक, 22 जूनः सिक्किममा सत्तामा आउनभन्दा पहिले 22 जून 1993 मा हामीले सिक्किममा क्रान्तिको शुरुआत गरेका थियौं, 25 वर्ष सरकारमा रहँदा यसलाई जारी राख्यौं र अब पनि यो जारी रहनेछ। यद्यपी, सिक्किम र सिक्किमेली जनताको पक्षमा काम गर्दै गर्दै पनि 2019 -मा एसडीएफ पार्टी हार्नु अचम्मको विषय हो। यो हार एसडीएफको हार नभएर सिक्किमे जनताको सुरक्षा, विकास र मान-सम्मानको हार रहेको सिक्किमका प्रमुख विपक्षी दल डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले यसप्रकारको मन्तव्य व्यक्त गरेका हुन्। उनी एसडीएफ पार्टीले कोविड 19को सुरक्षाको मानदण्डलाई पालन गर्दै डिजिटल रूपमा पालन गरेको 28औं क्रान्ति दिवसको अवसरमा यसप्रकारको मन्तव्य व्यक्त गरेका हुन्। एसडीएफले यस अवसरमा पार्टीले एउटा पत्रकार सम्मेलन आयोजन गरेर पार्टीको सम्पूर्ण क्रान्ति दिवसको औचित्यबारे अवगत गराएको छ पार्टीको विभिन्न डिजिटल माध्यमबाट जनतासामु लाने प्रयास गरेको छ। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले यस अवसरमा पार्टीको आधिकारीक फेसबुक पेज र अन्य डिजिटल मञ्चबाट प्रसारित गर्ने ‘सम्बोधन’ तथा ‘एसडीएफ साप्ताहिक बुलेटिन’ दिईवटा कार्यक्रमको शुरुआत गरे।
क्रान्ति दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसडीएफ अध्यक्ष चामलिङले भने, क्रान्तिको अर्थ एउटै रहे पनि समय र परिस्थिति अनुरुप यसको उद्देश्य बदली हुन्छ । एसडीएफ पार्टीको क्रान्ति भनेको सिक्किममा सबै जनताले आधारभूत सुविधा पाउनु पर्ने, जनताले प्रजातान्त्रिक अधिकारको उपभोग गर्न पाउनुपर्ने, समान हक र अधिकार पाउनुपर्ने हो भन्दै जनतालाई अधिकार दिलाउने सङ्घर्षका लागि पार्टीको क्रान्ति शुरु भएको र सिक्किमले जनताले आधुनिक युगको सुविधासम्पन्न जीवन जीउन पाउनुपर्छ भन्ने कुरामा आज पनि पार्टीको क्रान्ति जारी रहेको छ।
उनले भने, 25 वर्ष हामीले गरेको क्रान्तिको सफल्ता जनताले पाएका छन्, म यसमा सन्तुष्ट छु। 25 वर्ष हामी गरेको क्रान्तिले गर्दा सिक्किमेली जनताले अहिले सुख सुविधाको उपभोग गरेका छन्, सिक्किममा देखिने सबै काम हाम्रो सरकारमा नै भएको छ। 22 जून 1993 मा हामीले सिक्किममा क्रान्तिको शुरुआत गरेका थियौं, 25 वर्ष सरकारमा रहँदा यसलाई जारी राख्यौं र अब पनि यो जारी रहनेछ। यद्यपी, सिक्किम र सिक्किमेली जनताको पक्षमा काम गर्दै गर्दै पनि 2019 -मा एसडीएफ पार्टी हार्नु अचम्मको विषय हो भन्दै यो हार एसडीएफको हार नभएर सिक्किमे जनताको सुरक्षा, विकास र मान-सम्मानको हार रहेको चामलिङले दाबी गरे।
एसडीएफको क्रान्ति सिक्किमेली जनतालाई दीर्घकालसम्म सुख, सुविधा र मान-सम्मान दिलाउने रहेको भए पनि सिक्किमेली जनताले यसलाई नबुझेर एसडीएफ पार्टीलाई सरकार बाहिर बनाउँदा अहिले सिक्किममा ‘तातै खाउँ जली मरौं’ -को स्थिति सिर्जना भएको छ भन्ने पनि उनले दाबी गरे। जनतालाई अनेकौ बाचा गरेर भोट जितेको एसकेएमले सरकारमा आएको 13 महिना वितिसक्दा जनतालाई दिएको एउटै पनि वचन पूरा गर्न नसकेको, दुईवटा बजेट सत्रमा पारित लगभग 18,000 करोड़ रुपियाँको कुनै काम नभएको, एनएचएम कर्मचारी र संस्कृत शिक्षकहरूले 13 महिनादेखि वेतन नपाएको, अन्तरवार्ता भएसकेका भाषा शिक्षकहरूको पदलाई नै रद्द गरेको, एसडीएफ सरकारले अनुमोदन गरेर लागू भइसकेका कार्यलाई पुनः अनुमोद गर्ने मात्र काम भएको, 3500 घर निर्माणका लागि अनुमोदन र एलट्मेन्ट एसडीएफ कार्यकालमा भएको तर यसलाई रद्द गरेर अहिले बीडीओले लाभार्थी छान्न थालेर भारतको संविधान र पञ्चायतीराज ऐन विरुद्ध आप्रजातान्त्रिक काम गरेको पनि उनले आरोप लगाए।
एसडीएफ अध्यक्ष चामलिङले मानवतार संवेदनहिन रहेको आरोप लगाउँदै यसले जनतालाई दुःख दिने, सताउने र बदला लिने मात्र काम गरिरहेको पनि आरोप लगाए। कोभिड 19 कारण राज्यमा काम हुन नसकेको भन्ने वर्तमान सरकारको तर्कको विरोध गर्दै उनले भने, कोभिडका कारण विकास गर्न सकिएन भनेर कसरी भन्छ यो सरकारले? यदि यसो हो भने कोभिडका लागि छुट्याएको बजेट देखाउन सक्नुपर्छ। सरकारले कोभिडको नाम गरेर सिक्किमको पैसा दुरपयोग गर्दैछ।
लिम्बू तामाङ समुदायको सिक्किम विधानसभा सीट सुरक्षा सम्बन्धमा सोधिएको एउटा प्रश्नको जवाफ दिदै चामलिङले भने, हामीले लिम्बू तामाङलाई 2003 मा जनजाती बनाएका हौँ, सिक्किम विधानसभामा उनीहरूलाई सीट दिलाउनबाट रोक्ने अहिले सरकारमा छन्। 1976 -मा राज्यका सबै नेपालीहरूलाई जनजाती बन्ने अवसर र 1987 -मा लिम्बू तामाङ जनजाति बन्ने दुई-दुई पल्ट आएको अवसरलाई राज्य सरकारले रोक्यो। हामीले 2003 मा लिम्बू तामाङलाई जनजाती बनायौं। विधानसभाना सीट बाहेक उनीहरूले अन्य सबै अधिकार पाएका छन्। सिक्किम विधानसभामा जनजाती सीट नै नभएकाले गर्दा यो बनाउनु पर्ने अवस्था छ। यसका लागी हामीले केन्द्र सरकारलाई 40 सीटको फरमुला पनि दिएका थियौं, हुनै लाग्दा यसको विरोध गर्नेहरू अहिले सरकारमा पुगेका छन्। उनीहरूले सरकार गठन भएको 10 दिनमा लिम्बू तामाङलाई सीट दिलाउने भनेका थिए त! खोई सीट? उनीहरूले भोट पाउनु थियो पाए अब केही गर्नेवाला छैनन् किनभने अहिलेसम्म लिम्बू-तामाङलाई कसरी सीट दिने भन्ने फर्मुला नै तयार पार्न सकेको छैन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!