Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसडीएफले स्थापना दिवसको अवसरमा अस्पतालमा सामान प्रदान तथा रक्तदान


गान्तोक, 03 मार्च । हिमाली राज्य सिक्किमको विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले आफ्‌नो 28औं स्थापना दिवसको अवसरमा राज्यभरिको वृद्धाश्रम, सुधारगृह लगायत अस्पतालहरूमा चाहिने बुनियादी आवश्यकताहरूलाई ध्यानमा राखेर सहयोग प्रदान गरेको छ।

यसै सन्दर्भमा चारै जिल्लामा सहयोगको कार्यक्रम सञ्‌चालन गर्दै आज अन्तिम दिन राजधानी गान्तोकको नयॉं एसटीएनएम अस्पतालमा आवश्यक 50 वटा फोहोरदानी, शौचालयको निम्ति बाल्टी र मग प्रदान गरेको छ।

एसडीएफका पूर्व मन्त्री, विधायक, उपाध्यक्षगण र युवा चेली कार्यकर्ताहरूको उपस्थितिमा 30 जना युवाले एसटीएनएममा रक्तदान पनि गरेको थियो। वरिष्ठ उपाध्यक्ष डीबी थापाले यो कार्यक्रम राज्यभरि चलाएको र पार्टीको स्थापना दिवसको अवसरमा पार्टी अध्यक्ष पवन चामलिङको निर्देशनमा पार्टी कार्यकर्ताहरूले सबै जिल्लाको वृद्धाश्रम, सुधारगृहहरूमा आवश्यक सामान र खाद्य सामग्रीहरू प्रदान गरिएको र आज एसटीएनएम अस्पतालमा आवश्यक सामान प्रदान गरिएको अनि भविष्यमा पनि आवश्यक परेको खण्डमा यस्ता सहयोगहरू निरन्तर राख्ने बताए।

यसैगरी, एसडीएफ प्रवक्ता जेबी दर्नालले पार्टीले नितान्त सामाजिक कार्यको रूपमा यो पहल गरेको अनि यसमा विशेष गरेर एसटीएनएम अस्पताल एसडीएफ सरकारको समयको एउटा महत्वकांक्षी परियोजना पनि रहेको हुनाले एसडीएफ पार्टीले यहॉंको सुविधा असुविधालाई ध्यान दिने र आम जनताको हितमा यस प्रकारको सेवा कार्य निरन्तर गरिरहने बताए। यसै क्रममा अस्पतालका चिकित्सा अधीक्षकले एसडीएफ पार्टीले प्रदान गरेको सामानहरू ग्रहण गर्दै अस्पताललाई चाहिएको सामानहरू प्रदान गरेकोमा आभार प्रकट गरे।

उनले एसडीएफ पार्टीको स्थापना दिवसमा अस्पताललाई सहयोग गरिदिएकोमा आभारसितै कार्यक्रमको शुभकामना पनि दिए। उनले आज प्रदान गरेको सामानहरू रोगी र उपाचार गराउन आएकाहरूको निम्ति लाभकारी सिद्ध हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा एसडीएफका कार्यकर्ताहरूले अस्पतालमा उपचाराधीन रोगीहरूलाई पार्टी अध्यक्षको तर्फबाट पठाइएको पौष्टिक खाद्यको कोशेली पनि हात हातमा दिने काम गरेका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!