Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसडीएफ अध्य़क्ष चामलिङको प्रश्नको जवाफ दिँदै एसकेएम


संसारमै सबैभन्दा राम्रो प्रकारले कोरोना विरुद्ध लड्ने र नागरिकको सुरक्षा गर्ने सिक्किम सरकार मात्र छ- एसकेएम

गान्तोक, 8 मई। सिक्किममा कोविड-19को एकै जना सङ्क्रमण नहुनु भनेको नै वर्तमान राज्य सरकारले समवेदनशील भएर सतर्कतासित काम गरेको प्रतिफल हो। यसमा एसकेएम सरकार सत प्रतिशत प्रतिबद्ध छ। यस प्रकारको मन्तव्य एसकेएम मुख्यालय गान्तोकमा एउटा पत्रकार सम्मेलन आयोजन गरेर प्रवक्ता सीपी भट्टराईले व्यक्त गरेका हुन्। उनले हिजोमात्र सिक्किमका पूर्वमुख्यमन्त्री तथा विपक्षी दल एसडीएफ अध्यक्ष पवन चामलिङले पत्रकारसम्मेलन मार्फत उठाएका मुद्दाबारे मेलै सित एसकेएम पार्टीको अडान अघि ल्याएका छन्। उनले अध्यक्ष चामलिङले 25 वर्ष शासन गरेको सर्वविधित रहेको बताउँदै यतिलामो समयसम्म पाठशालाहरूमा ढङ्गको प्रयोगशाला बनाउन नसकेर लाबर र प्लाष्टिकको दैलो भएको अस्पताल हत्तारमा उद्घाटन गरेर छोडिराखेको कारण कोविड-19को जाँच गर्ने प्रयोगशाला बनाउन अहिलेसम्म एसकेएम सरकारलाई समस्या र ढिलाई भएको बताए।
उनले यस्तो महामारी र लकडाउनको समयमा पनि एसकेएम सरकारले प्रयोगशाला बनाउने कार्य निरन्तररूपमा गरिरहेको अनि जसको निर्माणप्रक्रिया अन्तिम चरणमा रहेको दावी गरे। उनले सिक्किमको इतिहासमै क्यान्सरको निम्ति उपचार गर्ने सुविधा नभएको राज्यमा एसकेएम सरकारले छोटो अवधिमै राज्य बाहिर गएर उपचार गराउनुपर्ने स्थितिबाट जनतालाई मुक्ति दिँदै एसटीएनएम अस्पतालमा केन्सरको निम्ति उपचार गर्ने सङ्काय निर्माण गर्न सफल भएको कुराले नै एसकेएम सरकार जनताको सुरक्षाको निम्ति संवेदनशीर रहेको पुष्टी हुने बताए।
पूर्व मुख्यमन्त्रीले एसकेएम सरकारले गरेका केही कार्यहरूको सराहना पनि गरेकोमा आभार प्रकट गर्दै अहिलेको वर्तमान कोविड-19 शून्य राज्य बनाउनमा एसकेएम सरकारको मात्र हात रहेको भन्दै श्रेय लिन नचाहने तर यसमा विपक्षी दल, सिक्किमे जनता सबैको समान प्रयास र लकडाउनको सही पालना सम्भव भएको एसकेएम पार्टीले उल्लेख गर्न चाहेको बताए। अर्कोतिर विपक्षी दलहरूले उठाएको सबै मुद्दा सही हुन्छ भन्ने कुनै ग्यारेण्टी नरहेको र सरकारले जनपक्षीय रहेको कुरालाई भने अवश्य नै सकारात्मकरूपमा लिएर त्यसलाई जनताको हितमा लागु गर्न सक्ने तर किर्ते आरोपहरूमात्र लगाएर नहुने बताए। उनले प्रजातन्त्रमा विपक्षीको भूमिका अहम रहेको र त्यसलाई पछिल्लो सरकारमा झैं एसकेएम सरकारले अदेखा नगर्ने बताए।
यसयरी नै उनले अहिले चर्चामा रहेको सिक्किम बाहिरको विद्यार्थीलाई फर्काइ ल्याउने मुद्दामा एसडीएफ अध्यक्ष चामलिङले तथ्यहीन आरोप लगाएको बताउँदै उनले अहिलेसम्म कोटामा छोडिएका 6 जना सिक्किमेहरूको कुनै स्पष्ट सूची र जानकारी सरकारसमक्ष नआएको अनि उक्त पुष्टी गर्ने तथ्य प्राप्त भएमा सरकार कसैलाई पनि अलपत्र नछोड्न र फर्काइल्याउन प्रतिबद्ध रहेको बताए।
एसकेएम सरकारले आफ्नो दूरदर्शी नीतिलाई लिएर कोविड-19 बारे काम गरिरहेको अनि यसको उदाहरण मुख्यमन्त्री प्रेम सिंह तामाङले महामारीको कारण भइरहेको लकडाउनको समयमा दुईपल्ट पत्रकार सम्मेलन नै गरेर आय ब्यायको हिसाब किताब पारदर्शी ढङ्गमा कार्य गरेर अहिलेसम्म सिक्किमको इतिहास मै पहिलोपल्ट यति पारदर्शी नेताकोरूपमा काम गरेको उदाहरण हो भनि बताए। उनले मुख्यमन्त्रीकै पहलमा उच्चस्तरी बैठक बोलाएर विपक्षी दल एसडीएफका जिल्ला पञ्चायत, भाजपाका विधायक सबैको सुझाउलाई समेत कोविड-19को महामारी रोक्न गरेको पहलको छुट्टै उदाहरण रहेको बताए। उनले अहिलेको महामारी र 2011को सिक्किमको भुईँचालोको अवस्थालाई तुलनात्मक रूपमा हेर्ने हो भने एसकेएम सरकारले महामारीको राहत वितरणमा कसैलाई नछुट्याएर पूर्व मुख्यमन्त्री चामलिङले भनेजस्तै राजनीतिदेखि माथिउठेर मानवताको हिसाबले काम गरिरहेको बताए। उनले 2011 सालमा एसकेएमलाई समर्थन गर्नेहरूको भत्किएको घरमा एसडीएफ सरकारले एकमुठी सिमेण्टसम्म नदिएर अझैसम्म एसकेएम समर्थकको भुइँचालोले भत्काएको घर त्यही अवस्थामा छ तर एसकेएम सरकारले कसैलाई छुट्याउने काम गरेको छैन।
अर्कोतिर लोकसभा सांसद इन्द्रहाङ सुब्बाले कोविड-19 जाँचको प्रयोगशाला स्थापनामाथि एसडीएफ अध्यक्षले उठाएको मुद्दालाई स्पष्टिकरण दिँदै उनले यही महिनाको अन्त्यसम्म जाँच प्रक्रिया शुरुहुने बताए। अहिले युद्धस्तरमा निर्माणप्रक्रिया भएको अनि आवश्यक सामानहरू ल्याउने काम पनि भइरहेको बताए। अर्कोतिर 25 वर्षे एसडीएफ सरकारले आफ्नै दूरसञ्चारको सर्कल बनाउनु नसक्ने एसडीएफ पार्टीको सरकारले अहिले आएर प्रश्न गरिरहेको तर एसकेएम सरकारले भने एकै झट्कामा सिक्किमको निम्ति प्रशासनिक स्तरको आफ्नै दूरसञ्चारको सर्कल ल्याउन सफल भएको दावी गरे। उनले राज्य बाहिरबाट आउऩेलाई उचितरूपमा जाँच गरेरमात्रै सिक्किम सरकारले सिक्किम प्रवेश गराइरहेको अनि फेसेलिटी कोरण्टिनमा राख्दा सरकरले सबै सुविधा उपलब्ध गराइरहेको बताउँदै सरकारमाथि उठएको प्रश्नको खण्डन गरेका छन्।
यसरी नै प्रवक्ता जेकब खालिङले कोरोना भाइरस विरुद्ध सबैभन्दा राम्रो प्रकारले लड्ने र नागरिकहरूको सुरक्षा गर्ने एकमात्र सिक्किम सरकार रहेको जुन भारतमा मात्र नभएर विश्वमै उदाहरणीय रहेको बताए। उनले अहिले सिक्किमको नाम देशभरि चलिरहेको अनि विश्वले भविष्यमा कोविड-19 बारे सिक्किमले गरेको ऐतिहासिक कामलाई शोध गर्नेछ भनि बताए। सिक्किम सरकारले आफ्नो राज्यलाई पहिलो चरणको यो अवस्थामा कोरोनामुक्त बनाउन गरेको पहलहरूको दस्तावेज भविश्यमा प्रकाशित हुने र सबै कथाहरू जनताले थाहा पाउने बताउँदै अहिलेको अवस्थामा भने यही स्थितिलाई निरन्तरता दिँदै सिक्किमलाई भविश्यसम्म कोरोनामुक्त राखिराख्न सबैको पहल र सहयोग सराहनीय रहेको बताए। उनले राज्य बाहिर रहेकाहरूलाई तुरन्तै एकै मुष्ठमा फर्काइ ल्याउऩ सक्ने तर त्यसले पनि सिक्किममा बस्ने र बाहिरबाट आउने सबैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर उचित प्रकारले जाँच गर्दै सिक्किम भित्र्उऩे काम भएको अनि पालै पालो सबैलाई सिक्किम फर्काइल्याउन सरकार प्रतिबद्ध रहेको अनि कसैलाई पनि हतास नभइदिने आग्रह गरे। उनले यो सामुहिक युद्धलाई जितेर सिक्किमलाई सदाको निम्ति कोरोनामुक्त बनाइराख्न सरकारको पहलमा जनता र सरकारी कर्मचारीहरूको योगदान रहेको पनि उल्लेख गर्दै सामाजिक सञ्जालहरूमा एसकेएम पार्टीको आधिकारिक प्रवक्ताले बाहेक अरुले गरेको प्रतिक्रियाहरू सत्तारूढ दलको प्रतिक्रिया नभएको बताउँदै पार्टीको प्रवक्ता बाहेक पार्टीको अन्य पदाधिकारीले कुनै भूल गरेको खण्डमा पार्टीले अनुसाशनात्मक कार्वाही गर्न सक्ने बताए।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!