Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसडीएफ पार्टीको राज्यव्यापी रूपमा सदस्यता अभियान


गान्तोक, 22 जनवरी। सिक्किमको प्रमुख विपक्षी राजनीतिक दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले आज राज्यव्यापी रूपमा सदस्यता अभियान शुरु गरेको छ। प्रत्येक वर्षको 22 जनवरीको दिन एसडीएफले सदस्यता अभियान गर्ने गर्दछ। यसै क्रममा एसडीएफको आज राज्यव्यापी रूपमा सदस्यता अभियान भएको हो। राजधानी गान्तोकको इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालय लगायत प्रत्येक जिल्लामा रहेका पार्टी कार्यालय, जोनल पार्टी कार्यालय, समष्टिस्तरीय पार्टी कार्यालयल, जीपीयू स्तरीय पार्टी कार्यालय अनि वार्ड स्तरीय पार्टी कार्यालयमा सदस्यता अभियान सम्पन्न भयो। सदस्यता अभियानमाथि बोल्दै प्रसाशनिक मामिलाका उपाध्यक्ष केटी ग्याल्छेनले भने, ‘यस अभियानमा पुराना सदस्यहरूको सदस्यताको नविकरण अनि नयाँ सदस्यहरूको सदस्यता ग्रहणको निम्ति गरिएको हो। पार्टीको सङ्गठनलाई मजबूत बनाउन पनि पार्टीले यो कदम चालेको हो।’

उनले अझ भने, ‘ सदस्यता अभियानमा राम्रो रेस्पोन्स पाएका छौं। सबै ठाउँमा पार्टीका समर्थकहरू आएर सदस्यता लिइरहेका छन्। हामी सत्तामा भएपनि नभएपनि एसडीएफलाई सधैं नै अघि बढाएर लिएर जान चाहन्छौं। 2019-को चुनाउमा जनताले एसकेएमलाई बहुमत दिए र उनीहरू अहिले सत्तामा छन् हामी विपक्षीमा छौं। विपक्षीमा बसेर हामीले गर्नुपर्ने जनताको काम हामी गरिरहेका छौं र पार्टीको सङ्गठनलाई मजबूत बनाउनको लागि सदस्यता अभियान तिब्र गरेका छौं र पार्टीको आगामी कार्यक्रम पनि धारावाहिक रूपमा चल्नेछ।’

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!