Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसडीएफ पार्टीले सांगठनीक गतिविधि बनायो सक्रिय


गान्तोक, 13 जनवरी। भारतको हिमाली राज्य सिक्किमको प्रमुख विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सांगठनिक गतिविधिलाई तेज बनाएको छ। गत 1 जनवरीको दिन नयॉं वर्षको अवसर पारेर एसडीएफ अध्यक्ष पवन चामलिंगले पार्टीको क्यालेण्डर र शुभकामना पत्र जारी गरेका थिए। अहिले त्यही क्यालेण्डर र शुभकामना पत्र लिएर एसडीएफ पार्टी पुन: जनतामा फर्किएको छ। यसैगरी एसडीएफले गाउॅं गाउॅंमा सदस्यता नवीकरण पनि शुरू गरेको छ। प्राप्त समाचार अनुसार आज एसडीएफका तुमिन लिंगीका क्षेत्रस्तरीय अध्यक्ष जिग्मी वंगदेन लेप्चाको नेतृत्वमा डिक्चु क्षेत्रमा व्यापक रूपमा सदस्यता नवीकरण प्रक्रिया शुरू गरे भन उत्तर सिक्किमको लाचेन मंगनमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उत्तर जिल्लाका प्रभारी अनिल लाचेनपाको अध्यक्षतामा एउटा बैठक बसेको थाह लागेको छ। क्षेत्र स्तरीय अध्यक्ष पासांग टर्बु लेप्चा र स्थानीय पंचायत सदस्यहरूको उपस्थितिमा यो बैठक भएको र आगामी दिनमा उत्तर सिक्किममा पार्टीको सांगठनिक गतिविधिलाई अगाडी बढाउने दिशामा चर्चा गरिएको थाह लागेको छ। यसैगरी, एसडीएफले गत केही दिनदेखि सामाजिक संजालमा सत्तारूढ पार्टीमाथि विभिन्न प्रश्नहरू तेर्साएको छ। विशेष गरेर मिन्तोगांगलाई क्यान्सर अस्पताल बनाउन वर्तमान मुख्यमन्त्री पीएस गोलेको पूर्व घोषणा, सिम्फेडका एमडी मेन्ला इथेन्पाको नोकरीमा एक्सटेन्शन, सय दिनभित्र एक परिवार एक नोकरीका कर्मचारीहरूलाई स्थायीकरण गर्ने घोषणाहरूमाथि एसडीएफले प्रश्न उठाएको छ। एसडीएफको प्रचार प्रसार शाखाले आठ बंदे प्रश्नहरूको एउटा सूची पनि जनता अघि सारेको छ, जसमा वर्तमान सरकारबाट उत्तर मागिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!