Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसडीएफ पार्टीले बुझायो राज्यपाललाई ज्ञापनपत्र


गान्तोक, 20 जून। सिक्किमका पूर्व मुख्यमंत्री तथा प्रमुख विपक्षी दलडेमोक्रेटक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले राज्यपाल गङ्गा प्रसादलाई भेटेर ‌‌‌स्मरणपत्र पत्र बुझाएका छन्। राज्यपाललाई भेटेपछि एसडीएफ पार्टीको कार्यालयमा आएर उनले यस विषयमा पत्रकारहरूलाई जानकारी दिएका हुन्। पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, एसडीएफ पार्टीको पक्षबाट सिक्किम र सिक्किमे जनताको हितमा वर्तमान स्थिति बारे राज्यपाललाई जानकारी गराइएको हो। राज्यपालले ज्ञापन पत्र ग्रहण गरेपछि पार्टी अध्यक्षले राखेका कुराहरूलाई सकारात्मक लिएको अध्यक्ष पवन चामलिङले बताएका छन्।

राज्यपालले आफऊसँग कुराकानी गर्दा भनेका कुरालाई बताउँदै भनेका छन्, ‘सरकार आउँछ जान्छ, तर सिक्किम र सिक्किमे जनता सधैं सुरक्षित रहनुपर्छ’। राज्यपालको यस कुराले उनी सिक्किमको वर्तमान स्थिति बारे पूर्णरूपमा जानकार रहेको हुनुपर्ने बताए। राज्यपाललाई आफूहरूले चडाएको यादास्त पत्र विषयमा उनले भने, आफूहरूले 13 महिने सरकारले आफ्नो कार्यकालमा कस्तो काम गरेको छ, चुनावी समयमा जनतासँग कस्तो वाचा गरेको थियो र अहिले आएर जनतासँग कस्तो चरित्र देखाएका छन् त्यस बारेमा सिक्किमे जनता स्पष्ट भइसकेका छन्। सरकारको भनाइ र गराइ मिल्दैन भन्नेकुरा जनतालाई पूरा थाहा छ।

उनले चुनाउको समयमा जुन प्रकारको घटनाक्रम भए, सरकार बनेपछि जुन प्रकारको सिक्किममा हिंसा भयो र जनतालाई तर्साउने, पिट्ने गैर कानुनी काम भयो त्यसमाथि पना राज्यपाललाई जानकारी गराइएको बताएका छन्। उनले जनता अनि एसडीएफ पार्टीले सबै घटनामाथि थानामा रिपोर्ट गरेको थियो तर त्यसमाथि अहिलेसम्म पनि सुनवाई भएको छैन भन्ने कुरा पनि राज्यपाललाई जानकारी दिएको बताए।

Insert your Ads code here

उनले भने, एसकेएम सरकार बनेपछि रिनक बजारमा मन्त्री सञ्जित खरेलले भाषणमा पवन चामलिङलाई दुई महिनामा शेष गरिदिन्छु भन्ने दिएको वक्तव्य जस्तो घोषणामा पनि एसडीएफ पार्टीले एफआईआर दर्ता गरेको थियो अहिलेसम्म त्यसमाथि कुनै एक्सन भएको छैन। यसरी नै पोकलोक कामराङको उपचुनाउमा पवन चामलिङको वाहनमाथि भएको ढुङ्गामुडामाथि पनि अहिलेसम्म कुनै कार्वाही भएको छैन यसमाथि पनि राज्यपाललाई ज्ञापन चडाएको जानकारी दिए। उनले सबै कुरामाथि राज्यपाल गम्भीर रहेको र यस विषयलाई सकारात्मक लिएको पनि जानकारी दिए।

उनले, एसडीएफ पार्टीका प्रवक्ता तथा पार्टीका एक अनुसूचित जातिका नेतामाथि दिउँसै ज्यान लिने प्रकारले आक्रमण भयो त्यसमाथि पनि एफआईआर दर्ता गरिएपनि कुनै प्रकारको पुलिस एक्सन नभएको जानकारी दिए। उनले एसेकेएम पार्टीका प्रवक्ता जेकब खालिङको कुरामाथि प्रहार गर्दै भनेका छन्, यदी एसडीएफ पार्टीले प्रवक्ता दर्नाललाई कुटेको हो भने सरकारले पक्राउ गर्नुपर्छ किन गरेको छैन। यसबाट स्पष्ट हुन्छ की यो एसकेएम पार्टीले कुटेको हो र कसले कुटेको होभन्ने कुरा प्रवक्ता खालिङलाई याद छ।

उनले अघि भने, सिक्किममा कानुन व्यवस्था भङ्ग भएको, प्रजातन्त्रको हत्या भएको, संविधान विरुद्ध काम भएको, प्रेस स्वतन्त्र नरहेको र जनताको जन्म सिद्ध अधिकारको हनन गरिएको छ। यसरी अपरधीहरूलाई सरकारले सुरक्षा दिनु हो र आफ्नो व्यवस्थालाई अपराधिकरण गर्नुहो भनेदेखि सिक्किममा बिस्तारै पूर्वोत्तरका अन्य राज्यहरूमा जस्तो सिक्किममा पनि यस्तो आतङ्कवादको सिर्जना हुन्छ।

आफूले 25 वर्ष सरकार चलाउँदा सिक्किमलाई आतङ्कवाद मुक्त राज्य बनाएको भन्दै अब उसो एसकेएम पार्टीको सरकार आएपछि राजनीतिक अपरधिकरण भैरहेको छ। जतिपनि मारपिट भइरहेका छन् त्यो सरकारको आढमा भइरहेको छ। कोही पनि सिक्किम र सिक्किमे जनताको व्यक्तिगत सुरक्षाको विषयमा सोच्ने कोही पनि सुरक्षित छैनन्। यस्ता वषयहरूलाई राज्यपाल अघि ल्याएको उनले बताए।

सिक्किमे जनताले आफ्नो जनमतले ल्याएको सरकार भएको कारण आफूले यसलाई निर्माणात्मक सहयोग दिने बताएका छन्। उनले सिक्किम विधानसभामा आफूलाई बोल्न दिइँदैन भन्दै सिक्किम विधानसभामा पनि प्रजातन्त्र नभएको बताएका छन्। उनले विधानसभामा अराजकता भएको विधानसभा भित्रमात्र होइन बाहिर पनि यस्तै माहोल छ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले आफूलाई नेल्शन मण्डेला घोषित गरेको कुरामाथि बधाई दिँदै भने उनलाई नेल्शन मण्डेलाको जीवनी पढ्न जरूरी छ। उनले एसकेएम पार्टीको स्थापमा दिवसमा सम्बोधन गर्दै आफूले बद्लालिन्छु भन्दा यो नेल्शन मण्डेला विरुद्ध रहेको र उनले यो कुरा विश्वको इतिहासमा पहिलोपल्ट भएको बताए। उनले कोविड-19को समयमा स्थानान्तरण गरेर बद्ला लिइरहेको बताएका छन्। उनले कोविड-19 को समयमा जनतावाई शान्ति र सुरक्षा दिनुपर्छ भन्दै यसरी जनतालाई दुःख दिएर आज जनतालाई दुःखि बनाएको छ भने। उनले आफूले यादास्त पत्र चडाएपछि उनले सकारात्मकरूपमा यस विषयलाई लिएको बताएका छन्।

राज्यका पूर्व मुख्यमन्त्री पवन चामलिङले राज्यपाललाई भेटेपछि पत्रकारहरूसँग बातचित गरे

एसडीएफ पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले राज्यपाललाई भेटेपछि राज्यपालसँग भएका कुराहरू पत्रकार समक्ष राखेका छन्।
[6/20, 9:49 PM] My: एसडीएफले बुझायो राज्यपाललाई स्मरणपत्र
सिक्किममा बदलाको राजनीति हुँदैछ, कर्मचारीको ट्रास्फर तुरन्तै खारेज गरिनुपर्छः पवन चामलिङ

गान्तोक, 20 जून। सिक्किमका पूर्व मुख्यमंत्री तथा प्रमुख विपक्षी दलडेमोक्रेटक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले राज्यपाल गङ्गा प्रसादलाई भेटेर ‌‌‌स्मरणपत्र पत्र बुझाएका छन्। राज्यपाललाई भेटेपछि एसडीएफ पार्टीको कार्यालयमा आएर उनले यस विषयमा पत्रकारहरूलाई जानकारी दिएका हुन्। पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, एसडीएफ पार्टीको पक्षबाट सिक्किम र सिक्किमे जनताको हितमा वर्तमान स्थिति बारे राज्यपाललाई जानकारी गराइएको हो। राज्यपालले ज्ञापन पत्र ग्रहण गरेपछि पार्टी अध्यक्षले राखेका कुराहरूलाई सकारात्मक लिएको अध्यक्ष पवन चामलिङले बताएका छन्।

राज्यपालले आफूसँग कुराकानी गर्दा भनेका कुरालाई बताउँदै भनेका छन्, ‘सरकार आउँछ जान्छ, तर सिक्किम र सिक्किमे जनता सधैं सुरक्षित रहनुपर्छ’। राज्यपालको यस कुराले उनी सिक्किमको वर्तमान स्थिति बारे पूर्णरूपमा जानकार रहेको हुनुपर्ने बताए। राज्यपाललाई आफूहरूले चडाएको यादास्त पत्र विषयमा उनले भने, आफूहरूले 13 महिने सरकारले आफ्नो कार्यकालमा कस्तो काम गरेको छ, चुनावी समयमा जनतासँग कस्तो वाचा गरेको थियो र अहिले आएर जनतासँग कस्तो चरित्र देखाएका छन् त्यस बारेमा सिक्किमे जनता स्पष्ट भइसकेका छन्। सरकारको भनाइ र गराइ मिल्दैन भन्नेकुरा जनतालाई पूरा थाहा छ।

उनले चुनाउको समयमा जुन प्रकारको घटनाक्रम भए, सरकार बनेपछि जुन प्रकारको सिक्किममा हिंसा भयो र जनतालाई तर्साउने, पिट्ने गैर कानुनी काम भयो त्यसमाथि पना राज्यपाललाई जानकारी गराइएको बताएका छन्। उनले जनता अनि एसडीएफ पार्टीले सबै घटनामाथि थानामा रिपोर्ट गरेको थियो तर त्यसमाथि अहिलेसम्म पनि सुनवाई भएको छैन भन्ने कुरा पनि राज्यपाललाई जानकारी दिएको बताए।

उनले भने, एसकेएम सरकार बनेपछि रिनक बजारमा मन्त्री सञ्जित खरेलले भाषणमा पवन चामलिङलाई दुई महिनामा शेष गरिदिन्छु भन्ने दिएको वक्तव्य जस्तो घोषणामा पनि एसडीएफ पार्टीले एफआईआर दर्ता गरेको थियो अहिलेसम्म त्यसमाथि कुनै एक्सन भएको छैन। यसरी नै पोकलोक कामराङको उपचुनाउमा पवन चामलिङको वाहनमाथि भएको ढुङ्गामुडामाथि पनि अहिलेसम्म कुनै कार्वाही भएको छैन यसमाथि पनि राज्यपाललाई ज्ञापन चडाएको जानकारी दिए। उनले सबै कुरामाथि राज्यपाल गम्भीर रहेको र यस विषयलाई सकारात्मक लिएको पनि जानकारी दिए।

उनले, एसडीएफ पार्टीका प्रवक्ता तथा पार्टीका एक अनुसूचित जातिका नेतामाथि दिउँसै ज्यान लिने प्रकारले आक्रमण भयो त्यसमाथि पनि एफआईआर दर्ता गरिएपनि कुनै प्रकारको पुलिस एक्सन नभएको जानकारी दिए। उनले एसेकेएम पार्टीका प्रवक्ता जेकब खालिङको कुरामाथि प्रहार गर्दै भनेका छन्, यदी एसडीएफ पार्टीले प्रवक्ता दर्नाललाई कुटेको हो भने सरकारले पक्राउ गर्नुपर्छ किन गरेको छैन। यसबाट स्पष्ट हुन्छ की यो एसकेएम पार्टीले कुटेको हो र कसले कुटेको होभन्ने कुरा प्रवक्ता खालिङलाई याद छ।

उनले अघि भने, सिक्किममा कानुन व्यवस्था भङ्ग भएको, प्रजातन्त्रको हत्या भएको, संविधान विरुद्ध काम भएको, प्रेस स्वतन्त्र नरहेको र जनताको जन्म सिद्ध अधिकारको हनन गरिएको छ। यसरी अपरधीहरूलाई सरकारले सुरक्षा दिनु हो र आफ्नो व्यवस्थालाई अपराधिकरण गर्नुहो भनेदेखि सिक्किममा बिस्तारै पूर्वोत्तरका अन्य राज्यहरूमा जस्तो सिक्किममा पनि यस्तो आतङ्कवादको सिर्जना हुन्छ।

आफूले 25 वर्ष सरकार चलाउँदा सिक्किमलाई आतङ्कवाद मुक्त राज्य बनाएको भन्दै अब उसो एसकेएम पार्टीको सरकार आएपछि राजनीतिक अपरधिकरण भैरहेको छ। जतिपनि मारपिट भइरहेका छन् त्यो सरकारको आढमा भइरहेको छ। कोही पनि सिक्किम र सिक्किमे जनताको व्यक्तिगत सुरक्षाको विषयमा सोच्ने कोही पनि सुरक्षित छैनन्। यस्ता वषयहरूलाई राज्यपाल अघि ल्याएको उनले बताए।

सिक्किमे जनताले आफ्नो जनमतले ल्याएको सरकार भएको कारण आफूले यसलाई निर्माणात्मक सहयोग दिने बताएका छन्। उनले सिक्किम विधानसभामा आफूलाई बोल्न दिइँदैन भन्दै सिक्किम विधानसभामा पनि प्रजातन्त्र नभएको बताएका छन्। उनले विधानसभामा अराजकता भएको विधानसभा भित्रमात्र होइन बाहिर पनि यस्तै माहोल छ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले आफूलाई नेल्शन मण्डेला घोषित गरेको कुरामाथि बधाई दिँदै भने उनलाई नेल्शन मण्डेलाको जीवनी पढ्न जरूरी छ। उनले एसकेएम पार्टीको स्थापमा दिवसमा सम्बोधन गर्दै आफूले बद्लालिन्छु भन्दा यो नेल्शन मण्डेला विरुद्ध रहेको र उनले यो कुरा विश्वको इतिहासमा पहिलोपल्ट भएको बताए। उनले कोविड-19को समयमा स्थानान्तरण गरेर बद्ला लिइरहेको बताएका छन्। उनले कोविड-19 को समयमा जनतावाई शान्ति र सुरक्षा दिनुपर्छ भन्दै यसरी जनतालाई दुःख दिएर आज जनतालाई दुःखि बनाएको छ भने। उनले आफूले यादास्त पत्र चडाएपछि उनले सकारात्मकरूपमा यस विषयलाई लिएको बताएका छन्।

राज्यका पूर्व मुख्यमन्त्री पवन चामलिङले राज्यपाललाई भेटेपछि पत्रकारहरूसँग बातचित गरे

एसडीएफ पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले राज्यपाललाई भेटेपछि राज्यपालसँग भएका कुराहरू पत्रकार समक्ष राखेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!