Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसपी दानबहादुर मल्लले गरे शक्तिको अाडमा निर्देशन अवज्ञा


चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले प्रदेश प्रहरी कार्यालयको निर्देशन अवज्ञा गरेका छन्।

बुधबार बिहान तालुकदार निकाय प्रदेश ३ प्रहरीले जिल्ला प्रहरी कार्यालय, चितवनलाई पत्र लेख्दै १२ घन्टाभित्र रमाना हुन निर्देशन दिएको थियो। तर, निर्देशनलाई लत्याउँदै उनी जिल्लामै बसेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको १३ दिनसम्म पनि उनले जिल्ला नछाडेपछि प्रदेश प्रहरीले उनलाई पत्र काटेको थियो। पत्र काटेको दिन बिहीबार उनी सधैँझैँ नियमित काममा व्यस्त रहे।

Insert your Ads code here

पूर्वी रत्ननगर नगरपालिका–५, टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्न पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ मल्ल कार्यक्रमस्थल पुगे। मल्ल प्रचण्डका पूर्वनिजी सुरक्षा अधिकृत पनि हुन्।

प्रचण्डसँगकै सम्बन्धका कारण उनले डीएसपी हुँदा आकर्षक मानिने काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तको नेतृत्व गर्ने अवसर पाएका थिए।

मल्लले जिल्लाका सञ्चारकर्मीहरुसँग तत्काल जिल्ला नछाड्ने बताएका छन्। सरुवामा ‘कसैले खेल्न खोजेको’ उनको आरोप छ। उनले समय नपुग्दै सरुवा गर्न खोजिएको भन्दै चितवनमै बस्ने वातावरण बनाइदिन भन्दै लबिङ गरिरहेको स्रोतले बताएको छ।

मल्लले जिल्ला नछाड्दा चितवनमा सरुवा गरिएकी गंगा पन्त काठमाडौंमै छिन्। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री सरुवाको पूर्वसूचिमा कुनै परिवर्तन नभएको बताएकाेे अनलाइन खबरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!