Loading... आजः शनिबार , श्रावण १२, २०८१

एस एस युगको विद्यार्थीले गर्यो सरकारलाई हस्तक्षेपको माग


गान्तोक, 11 मार्च। सिक्किम राज्य विश्वविद्यालयमा राज्य सरकार र विश्वविद्यालय प्रसाशनको बीच खिँचातानी भएको कारण विद्यार्थीहरूले 4 सेमिस्टार पूरा गरिसकेर पनि आफ्नो भविश्य सुनिश्चित गर्न नसकेपछि प्रतिवाद गर्दै स्टूडेण्ट फेटनिटी अफ सिक्किमको तत्परतामा सरकारलाई चाँडो भन्दा चाँडो निर्णय गर्ने माग गरिएको छ। यस विषयमा आज शिक्षा विभागमा फेटनिटीका प्रतिनिधी र राज्यभरि विश्वविद्यालयका अधिनमा सञ्चालित महाविद्यालयका विद्यार्थीहरूले शिक्षाविभागमा भेला भएर आफ्नो माग राख्ने प्रयास गर्दा विभागीय मन्त्री, सचिव, निर्देशक तथा सम्बन्धित अधिकारीहरूको अनुपस्थितिले गर्दा थप अन्योलता सृष्टी भएको छ। 2018-मा राज् सरकारले एक जना कुलपति नियुक्ति पछि 2 वटा विषयमा राज्य विश्वविद्यालय शउरुगरेपनि अहिले सम्म आवश्यक स्थायी कण्ट्रोलर र अन्य फेकल्टी चयन नगरेको कारण विद्यार्थीहरूले चारवटा सेमिस्टार उतिर्ण गरिसकेर पनि ओर्जिनल प्रमाण पत्र पाउन सकेका छैनन्। यसैगरी सिक्किम राज्य विश्वविद्यालयको आयन 2003-लाई संशोधन गरेर सबै नियुक्तिको प्रक्रिया विश्वविद्यालयको कुलपतिको अधिनमा नरहेर शिक्षा विभागमा स्थान्तरित गरेपछि विभाग र विश्वविद्यालयको खिँचातानीमा राज्यको निम्ति अत्यन्तै आवश्यक र महत्वपूर्ण शिक्षाकोरूपमा देखिएको विश्वविद्यालय अलन्तरमा परेको सिक्किम स्टूडेण्ट एसोसिएसनका महासचिव निशान छेत्रीले बताए। यसैगरी उनले राज्य सरकारले यथासिघ्र यसबाट समाधान खोज्नुपर्ने माग राखेका छन्। अर्कोतिर विद्यार्थीहरूले राज्य विश्विद्यालयको निम्ति भनिएको जमीन र सरकारले आवाण्टन गरेको धनराशी पनि अन्यत्र प्रयोग भइरहेको आरोप लगाएका छन्। विद्यार्थीहरूले यो विश्वविद्यालय सिक्किमको निम्ति महत्वपूर्ण रहोक बताउँदै आफूहरू कुनैपनि हदसम्म गएर विश्वविद्यालयलाई स्थापित गर्ने निर्णयमा पुगेकोर विभागले झट्ट सही पहल गरेर समस्याको समाधआन गरिदिनुपर्ने माग गरेका छन्। निक्कै ठूलो संख्यामा भेला भएको विद्यार्थीहरूले आन्दोलनलाई जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!