Loading... आजः शनिबार , श्रावण १२, २०८१

ऐतिहासिक बोडो सम्झौता हस्ताक्षर समारोहमा सहभागी बन्न प्रधानमन्त्री ७ फरवरीको दिन कोक्राझाड आउने


नयॉं दिल्ली, ४ फरवरी । ऐतिहासिक बोडो सम्झौता हस्ताक्षर समारोहमा सहभागी बन्न ७ फरवरीको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले कोक्राझाडको भ्रमण गर्नेछन्| कार्यक्रममा बीटीएडी जिल्लाका साथमा सम्पूर्ण आसमबाट करिब ४० हजार नागरिक यस कार्यक्रममा सहभागी बन्ने अपेक्षा गरिएको छ| यस अवसरमा आसम राज्यको सांस्कृतिक विविधता झल्काउन विभिन्न जातिगोष्ठीको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ|

सबै हितधारकलाई एउटा साझा संरचना अन्तर्गत सामेल गर्दै यसै वर्ष जनवरीमा हस्ताक्षर गरिएको ऐतिहासिक बोडो सम्झौताको अभिवादन गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त जमभेलालाई सम्बोधित गर्नेछन्| उक्त सम्झौतामा गत २७ जनवरीको दिन दिल्लीमा हस्ताक्षर गरिएको थियो| आफ्नो व्यक्तिगत ट्विटर ह्याण्डलबाट ट्वीट गर्दै प्रधानमन्त्रीले उक्त दिनलाई ‘भारतको निम्ति विशेष दिन’ भनी उल्लेख गर्दै उक्त सम्झौताले ‘बोडो जनमानसमा रूपान्तरणकारी परिणाम ल्याउँदै शान्ति, मैत्री अनि सौहार्दको नयॉं अरुणोदय हुनेछ’ भनी बताएका थिए|
उक्त सम्झौता प्रधानमन्त्रीको ‘सबका साथ, सबका विकास’को परिकल्पनाका साथमा पूर्वोत्तर क्षेत्रको उत्तरोत्तर विकासप्रतिको प्रतिबद्धता अन्तर्गत निहित छ भने यसले करिब पॉंच दसक लामो चलेको बोडो सङ्कटको अन्त्य गरेको छ|

प्रधानमन्त्रीले आफ्नो ट्वीटमा ‘बोडो सम्झौता कैयौं अर्थमा उल्लेखनीय’ रहेको पनि बताएका थिए| यसअघि सशस्त्र सङ्घर्षमा सामेल धेरै युवाहरू अब मुख्यधारामा सामेल हुँदै राष्ट्रको प्रगतिमा योगदान दिने उनले उल्लेख गरेका थिए| सोहीअनुरूप, एनडीएफबीको विभिन्न खेमाका १,६१५ सशस्त्रकर्मीले सम्झौतामा हस्ताक्षर गरिएको दुई दिनभित्रै आफ्नो हतियारका साथ समर्पण गरेका थिए|

Insert your Ads code here

‘बोडो समूहसँगको सम्झौताले बोडो जनमानसको विशिष्ट संस्कृतिको संरक्षण गर्दै त्यसलाई लोकप्रिय बनाउनेछ| उनीहरूले अब विस्तृत विकासमुखी पदक्षेपको सुविधा पाउनेछन्| बोडो जनमानसको इच्छा-आकाङ्क्षा पूरा गर्न सक्दो सहयोग गर्न हामी प्रतिबद्घ छौं,’ प्रधानमन्त्रीले आफ्नो ट्वीटमा उल्लेख गरेका थिए| क्षेत्रको विकासका लागि १५ सय करोड रुपियॉं बराबरको प्याकेज अनुमोदन गरिएको छ| हालै भारत सरकार र मिजोरम-त्रिपुरा सरकारद्वारा करिब ३५ हजार ब्रु-रियाङ शरणार्थीहरूलाई राहत अनि सहयोग प्रदान गर्न हस्ताक्षर गरिएको ब्रु-रियाङ सम्झौताका साथमा त्रिपुरामा एनएलएफटीको ८५ जना सशस्त्रकर्मीद्वारा समर्पणले पूर्वोत्तरको विकास र शान्तिका लागि प्रधानमन्त्रीको निर्बाध परिकल्पना र कृतसङ्कल्प दर्शाउँदछ|
गणतन्त्र दिवसको अवसरमा आफ्नो ‘मन की बात’ कार्यक्रममार्फत् देशका नागरिकहरूसँग संवाद गर्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले हिंसाको मार्ग अप्नाउने सबैलाई हतियार बिसाई मुख्यधारामा फर्किन आह्वान जनाएका थिए|

‘गणतन्त्र दिवसको पावन अवसरमा, म हिंसा र हतियारको माध्यमद्वार देशको कुनै पनि कुनामा आफ्नो समस्याको समाधान खोजिरहेका सबैलाई मुख्यधारामा फर्किन आह्वान जनाउन चाहन्छु| विषयलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने आफ्नो क्षमताका साथमा देशको क्षमतामाथि उनीहरूले विश्वायस गर्नुपर्नेछ,’ उनले भनेका थिए| (पीआइबी)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!