Loading... आजः सोमबार , असार ३२, २०८१

ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान


 

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जापानमा जारी ओलम्पिकमा गौरिकाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

Insert your Ads code here

हिट चरणमा गौरिकाले १:००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।

५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।

यसअघि गौरिकाको नाममा १:००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!