Loading... आजः शनिबार , श्रावण १२, २०८१

ओली स्थायी कमिटीमा केही बेर, त्यसपछि प्रचण्डलाई बैठकको जिम्मा


प्रधानमन्त्री निवास बालुवाटारमा गत बुधवारबाट शुरु भएको स्थायी कमिटीमा शनिवार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागी भए।

शुक्रवारको बैठकमा सहभागी नभएपछि ओलीको आलोचना भएको थियो। आज भने अध्यक्ष ओली बैठकको शुरुमा सहभागी भएर एक घन्टापछि निस्केका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी सुम्पेर ओली बाहिरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Insert your Ads code here

‘प्रधानमन्त्री ओली आजको बैठकमा सहभागी भएर निस्केका छन्,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने। प्रधानमन्त्रीको अरु काम पनि भएकोले बैठकबाट चाँडै निस्केनुपरेको उनले बताए।

शुक्रवार १८ जना सदस्यहरुले धारणा राखे। बैठक भारतसँगको समस्याबारे केन्द्रित रहेको छ। बुधवार भने दुई अध्यक्षले धारणा राखेका थिए।
विविध ६ वटा एजेन्डामा सुरु भएको बैठकमा नेपाल भारत सीमा र नागरिकता लगायतका विषयमा छलफल भएका छन् । एमसीसी लगायतका विषयमा भने बैठक प्रवेश गरेको छैन ।

शुक्रबारदेखि सदस्यहरुले बोल्ने क्रम सुरु भएको हो । शनिबार पनि सदस्यहरुले सीमा विवाद लगायतकै विषयमा बोल्ने एक सदस्यले बताए ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!