Loading... आजः शनिबार , श्रावण १२, २०८१

कक्षा ११ र १२ को परिक्षा अन्यौलता


 

बर्दिया राजापुर / कातिक १७ गते
अमर शहिद श्री दशरच चन्द माध्यमिक बिद्यालय राजापुर बर्दियाको मंसिर महिनामा हुने कक्षा ११ र १२को परिक्षा अन्यौलता भएको छ ।
अमर शहिद श्री दशरच चन्द माध्यमिक बिद्यालयमा कोरोना भाइरस (कोभिड–१९ं)को आइसोलेसन कक्ष बनाउँदा कक्षा ११ र १२को परिक्षा अन्यौलता भएको हो

Insert your Ads code here


      अमर शहिद श्री दशरच चन्द माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक सरोज झाले कक्षा ११ र १२ को परिक्षा कहाँ गराउने हो टूगो लाग्न नसकेकोले, परिक्षा समय तालिका प्रकाशन गर्न नसकिएको बताउदै कक्षा १२ परिक्षा हुनु भन्दा पहिले नै कक्षा ११को गराइसक्नु पर्ने भएको र कक्षा ११ र १२मा नियमित र आंशिक गरी लगभग ६ सय बिद्याथीहरु रहेको बताउनु भयो । हामीले पहल गरिरहेको र आज सम्म पनि कुनै टूगो लाग्न नसकेकोले कसरी परिक्षा गर्ने बताउनु भयो त्यही पनि कुनै बिकल्पको आउछ की भन्ने खोजी भइरहेको प्र.अ झाले बताउदै परिक्षाको बिषयमा अन्यौलता छाएको बताए ।
राजापुर नगरपालिका शिक्षा शाखाका प्रमुख दल बहादुर चौधरीले सो बिषयमा हामीले पहल गरिरहेको र केही दिन अगाडी नगर प्रमुख स्वास्थ्य शाखा र हामी बिच छलफल भएको बताउदै १ जना बन्दीलाई कोरोना देखीएपछि केही समस्या ढिला भएको भएपनि

   कातिक २० देखी २५ गते भित्र बिद्यालयबाट आइसोलेसन हटाइने भएको बताउनु भयो । वहाँले परिक्षालाई कुनै असर नपुग्ने अब कहाँ आइसोलेसन कक्ष बनाउने बिकल्प पनि खोजी भइरहेको बताए ।
अमर शहिद श्री दशरच चन्द माध्यमिक बिद्यालयमा आइसोलेसन बनाउँदा केही समय त राजापुर नगरपालिकाको बस पार्कमा रहेको भवनबाट कार्यालय संचालन भएको थियो भने हाल प्राबिधिक शिक्षालयको भवनबाट कार्यालय संचालन भइरहेको छ ।
अमर शहिद श्री दशरच चन्द माध्यमिक बिद्यालय भने परिक्षा स्थलको टूगो लाग्न नसक्दा हाल सम्म कक्षा ११को परिक्षा तालिका सार्वजनीक गर्ने नसकेको र अन्य बिधालयहरुले कक्षा ११ को परिक्षा तालिका सार्वजानीक गरीसकेको छ ।

 

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!