Loading... आजः शनिबार , श्रावण १२, २०८१

कतार एयरवेजद्वारा ३०५ जना विदेशी नागरिकलाई नेपालबाट उद्दार


आज शुक्रबार बिहान काठमाडौंबाट ३ सय ५ जना विदेशी पर्यटकहरु कतार एयरवेजको रेस्क्यु फ्लाइटबाट दोहा उडेका छन्। बिहान ९ चालीसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कतार एयरले बिभिन्न देशका नागरिकलाई उद्धार गरेर लगेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनु भएको छ।

उहाँका अनुसार कतार एयरवेजले रेस्क्यु फ्लाइटको रुपमा उडान भरेको हो। उद्धार गरिएकोमा १ सय ९० जना जर्मन नागरिक रहेका छन्। बिहीबार रेस्क्यु फ्लाइटका लागि अनुमति दिइएको थियो। देशका विभिन्न ठाउँबाट उद्दार गरिएका पर्यटकसहित काठमाडौंमा भएका पर्यटकसमेत गरी सो उडानमार्फत् सम्बन्धित देश पठाइएको हो।

‘लकडाउनका कारण नेपालमा फसेका १९० जना जर्मनीका नागरिक सहित ३०५ जना विदेशी लगेर ११;५० मा उडान भरेको छ,’ क्षेत्रीले भन्नुभयो ‘भोलि पनि नेपालमा अलपत्र परेका विदेशी नागरिकलाई लैजान कतार एयरवेजले उडान अनुमति लिएको छ।’

बिहीबार पोखरा र लुक्ला एरपोर्टबाट विभिन्न देशका नागरिकलाई उद्दार गरी काठमाडौं ल्याइएको थियो। शनिबार १०:१५ बजे अवतरण गर्न अनुमति दिइएको छ।

Insert your Ads code here

सरकारले चारदिनदेखि हवाई उडान समेत बन्द गरेर देश नै लकडाउन गरेको हुँदा रेस्क्यु उडानमार्फत् विदेशीहरुको उद्दार गरी सम्बन्धित मुलुकतर्फ लगिएको हो। यसबीचमा उद्धारका लागि देशभित्र र बाहिर अनुमति दिए पनि नियमित फ्लाइट भने हुन सकेका छैनन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!