Loading... आजः शनिबार , श्रावण १२, २०८१

कथाकार गिफ्टको ‘आधार’ कथा संग्रहको मन्त्री नेपालले गरे लोकार्पण


गान्तोक 11 सेप्टेम्बर : सिक्किम सरकारको कृषि तथा वागवाणी तथा सूचना तथा जनसम्पर्क विभागका मन्त्री लोकनाथ नेपालको निवासस्थानमा उनकै बहुलीद्वारा कथाकार इम्मानुएल ‘गिफ्ट’ को तेस्रो कृति ‘आधार’ कथा संग्रह विमोचन गरियो। राङ्का निवासी कथाकार गिफ्टको यो कृति विमोचन कार्यक्रममा खेमलाल न्यौउपानेले कथाकारको संक्षिप्त परिचय राखेका थिए । यो भन्दा अघि इम्मानुएल गिफ्टले ‘अथाह’ कविता संग्रह २००६, आरोह-अवरोह कथा संग्रह २०१० मा कृति निकाली नेपाली साहित्यमा सेवा पुऱ्याइसकेका छन् भने फेरि एक दशक लामो अन्तरालपछि ‘आधार’ कथा संग्रह पाठकहरू समक्ष लिएर आएका छन् । उनी उन्मुक्ति पत्रिकाको सम्पादक पनि हुन् भने भारतीय नेपाली भाषी इसाई स्रष्टाहरूका साझा मञ्च स्रष्टा सङ्गमको संस्थापकहरूमध्ये एक हुन् । यस कथा संग्रहको प्रकाशकसमेत रहेका मन्त्री लोकनाथ नेपालले भने -“बोलेको कुराहरू बिर्सन्छ तर लेखेको कुरा रहिरहन्छ अनि इतिहास बन्छ। उनले प्रतिभाशाली कथाकारलाई बधाई अनि शुभकामना दिएका छन्।
अर्कोतिर विशेष, हाम्रो धेरै कलाकार, साहित्यकारहरू ओजल भएर बिलाउनुको कारण प्रकाशक नभएर पनि हो आज हामीहरूलाई दहरिलो अभिवावक, व्यक्ति प्रकाशकको खाँचो छ। यसरी आफ्नो ‘आधार’ कथासंग्रहलाई प्रकाशकको भार उठाइ दिएर साहयता पुराएकोमा माननीय मन्त्री महोदयप्रति आभार व्यक्त लेखकले गरेको छ।
यस संग्रहमा जम्मा तेइसवटा कथाहरू समावेश छन्। उक्त आधार कथा संग्रहमाथि सह-प्राध्यापक मेहेरमान सुब्बाले भूमिका लेखेका छन् भने शुभकामना सन्देश स्रष्टा क्यामनुना प्रधान, हनोक थापा र सन्ध्या आचार्यले पनि लेखेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!