Loading... आजः शनिबार , श्रावण १२, २०८१

कन्टेनमेन्ट जोनबाट फुक्का गर्न अघि संक्रमित क्षेत्रमा सिरोलोजी सर्वेक्षण हुनुपर्छः एसडीएफ


गान्तोक, 9 अगस्त। सिक्किम सरकारले कोरोना भाइरससित जुझ्नको निम्ति चिकित्सकिय प्रकारले नभएर प्रशासनिक तरिकालेमात्र कार्य गरिरहेको गम्भीर आरोप राज्यको प्रमुख विपक्षी दल एसडीएफले लगाएको छ।

एसडीएफका प्रमुख प्रवक्ता एमके सुब्बाले जारी गरेको भिडियो विज्ञप्तिमा यसको उल्लेख गर्दै अहिले कन्टेनमेन जोन घोषणा भएका ठाउँहरूमा कुनै चिकित्सकिय प्रोटोकल पालन नगरि प्रशासनिक रूपमा मात्र खुल्ला गर्ने कार्य भइरहेको जुन गलत रहेको दाबी गरेका छन्। उनले रोङली महकुमाको उदाहरण दिँदै अहिले संक्रमण त्यहाँ शुन्य भएको तर लगभग चार हजारको मात्र नमुना जाँच गरिएको तर त्यहाँ एसिम्टोमेटिक हुनसक्ने भएको हुनाले त्यहाँ सिरोलोजी सर्वेक्षण हुनु जरुरी रहेको बताए। यसैगरि उनले कोविड 19 को महामारीले राज्यमा ल्याएको कमिटिले आर्थिक महामारी र बड्दो आर्थिक संकटलाई सम्बोधन गर्न सरकारले समिति गठन गर्न धेरै ढिलाइ गरेको कारण अहिले समस्या भुक्त भोगिहरूले भोग्नुपरेको दाबी छन्।

उनले भनेका छन्, कोरोनाको बारेमा बोल्दा कोरना र इकोनमी अलगै रहँदैन। महामारी र आर्थिक महामारी सँगसँगै छ। सिक्किम सरकारले जनतालाई आइरहेको आर्थिक महामारीबारे अध्ययन गर्न ढिलाई गऱ्यो। अन्य राज्यले केन्द्र सरकारलाई अवगत गराइसकेको थियो भने सिक्किमले शुरु गरेकै थिएन। 15 मईमा आएर मात्र सिक्किमले कमिटि गठन गऱ्यो जब प्रधानमन्त्रीले 12 मईमा नै आर्थिक प्याकेज दोस्रो चरणको घोषणा गरिसकेको थियो। सिक्किम सरकारले साह्रै ढिलो गर्यो। अझै रिपोर्ट जारी गरेको छैन। उनले अझ भने, एसडीएफले पनि इकोनमिक रिभाइबल कमिटिलाई हामीले जानकारी गराएको छौं । उक्त कुरा 9 जुनमा बुझाएको तर आजसम्म रिपोर्ट प्रस्तुत नगर्नु आश्चर्यजनक कुरा हो। प्रवक्ता सुब्बाले भनेका छन् राज्यमा आवश्य सामानको दाम बढ्दैछ र बोझ बड्दैछ तर सरकार के गर्दैछ. आर्थिक राहत दिनु बोझ हो तर यसलाई समाधान गर्नुपर्छ। इकोनमिक सर्वाइबलको निम्ति महामारीमा तत्काल राहत दिनुपर्छ भनि उनले माग राखेका छन्।

Insert your Ads code here

यसैगरि अहिलेसम्म सरकारले आपतकालिन कोष घोषणा नगरेको भन्दै प्रश्न तेर्साएका छन्। उनले बने, सरकारले आपतकालिन फण्ड कति हो त्यो पनि घोषित छैन। भारत सरकारले 9 करोडमात्रै दियो भन्दै मुख्यमन्त्रीले भन्दैछ जिम्मेवारी लिने होइन वहनामात्र बनाइरहेको छ। राज्य सरकारले आफ्नै प्रकारले सञ्चालन गर्नुपर्छ भन्ने बारे अनुमति दिएको छ। उनले भनेका छन्, राज्य सरकारले पाँच महिना बित्दा पनि सरकारले आर्थिक प्याकेजबारे सरकारमा नआउनु आश्चर्य हो। सिक्किममा कोविड19 को फण्ड नहुनुको कारणले गर्दा धेरै कुरा राम्रो प्रकारले लागु भएन। प्रोटोकलले अफिस खोल्नु भनेको छ 30 प्रतिशतमा अनि दैनिक रूपमा डिसइन्फेक्ट गर्नुपर्छ त्यो गरेको छैन अफिस भित्रै ज्वरो आएर पोजेटिभ भेट्दैछ स्क्रिनिङ किन भएन, प्रश्न गरेको छन्। यसैगरि एसडीएफ प्रवक्ता सुब्बाले बनेका छन्, सिक्किम सरकारले प्रोटोकल नै पालन गरेरको छैन। कन्टेनमेन जोन घोषित गरेको छ अनि फेरि हटाउँदैछ तर त्यसमा 28 दिनको अन्तरमा मात्र डिकन्टेनमेन्ट गर्नु सक्छ तर प्रशासनिक रूपमा मात्र गर्दैछ मेडिकल प्रकारले गरेको छैन्। उनले रोङली क्षेत्रको उदाहरण दिँदै भने, रोङलीमा 4 हजारमात्र जाँच गरेकोले यो पुष्टि गरेको बताएका छन्। जुन प्रकारले संक्रमण फैलिएको छ सिक्किममा सामुयिक स्तरमा फैलिँदैछ त्यसलाई ध्यानमा राखेर सबै जनतालाई जाँच गरिनुपर्छ। कति संक्रमित भएर पनि संक्रमण नदेखिने हुन्छ। कन्टेनमेन जोनमा भएकालाई सिरोलोजी सर्वेक्षण गर्नुपर्छ उनले भनेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!