Loading... आजः शनिबार , श्रावण १२, २०८१

कमजोरी सच्याएर जनताको विश्वास जित्नुस् : वरिष्ट नेता नेपाल


फाइल तस्बिर

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोन भाइरसविरद्धको लडाईंमा भएका कमीकमजोरी सच्चाएर अगाडि बढ्न सरकारसँग आग्रह गरेका छन्।

नेता नेपाले सोमवार बिशेष ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै सरकारलाई समाजका सबै तह, वर्ग र समुदायको विश्वास आर्जन गर्ने कार्यप्रणाली, जिम्मेवारीपूर्ण अभिब्यक्ति, अन्तर्राष्ट्रिय सहयोगको समन्वयजस्ता बिषयमा देखिएका कमजोरी तत्काल सच्याएर जनताको विश्वास जित्न आग्रह गरेका छन्।

Insert your Ads code here

‘विपद्को बेला मानिस धेरै संवेदनशील हुन्छ, यस्तो बेला सरकारले आफ्ना सीमित स्रोत साधनका बीच पनि रोकथाम, नियन्त्रण र उपचारका संभव सबै उपायहरू पारदर्शी रूपमा अवलम्वन गरी वास्तविक अभिभावकत्व प्रदान गर्नुपर्दछ,’ नेता नेपालले भनेका छन्।

हालसम्म गरिरहेको प्रयासका लागि सरकारलाई धन्यवाद दिँदै नेता नेपालले भनेका छन्, ‘राज्यका परिभाषित काम गर्ने अंगहरूको सवलीकरण एवम् उच्च मनोवलसहितको द्रूत परिचालन, कुनै प्रकारको संशय वा द्विविधा उत्पन्न नहुने निर्णय प्रक्रिया, नेतृत्वका बीचमा पर्याप्त छलफल र विश्लेषण, बिशेषज्ञ सेवाको पूर्ण उपयोग, समाजका सबै तह, वर्ग र समुदायको विश्वास आर्जन गर्ने कार्यप्रणाली, जिम्मेवारीपूर्ण अभिब्यक्ति, अन्तराष्ट्रिय सहयोगको समन्वय जस्ता बिषयमा देखिएका कमजोरी तत्काल सच्याएर जनताको विश्वास जित्न सरकारको बिशेष ध्यानाकर्षण समेत गराउँछु।’

यसैगरी कठीन परिस्थितिमा आगामी संभावनाहरूको राम्रो विश्लेषण गरी राज्यका सम्पूर्ण निकायहरूको सुरक्षित एवम् प्रभावकारी परिचालन गर्न र परीक्षणको दायरालाई फराकिलो बनाउन पनि नेता नेपालले माग गरेका छन्।

उनले फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरू तथा अत्यावश्यक सेवा प्रदान गर्नेहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिन सरकारलाई आग्रह गरेका छन्। यस्तै अत्यावश्यक उपभोग्य बस्तुको मूल्यबृद्धि एवम् अभाव हुन नदिन पनि सरकारलाई आग्रह गरेकाेे ईकान्तिपुरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!