Loading... आजः शनिबार , श्रावण १२, २०८१

कमल थापाका हातमा ग्रेटर नेपालको नक्सा


ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जयन्तीका दिन राप्रपाका अध्यक्ष कमल थापालाई ग्रेटर नेपालको नक्सा बुझाएको छ।

पृथ्वी जयन्तीका उपलक्ष्यमा राप्रपाले काठमाडौंको पुलिस क्लबमा अायोजना गरेको चियापान तथा भेटघाटका अवसरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल तथा कोषाध्यक्ष नवीना खड्काले अध्यक्ष थापालाई ग्रेटर नेपालको नक्सा बुझाएका हुन्। ग्रेटर नेपालको नक्सा बुझ्ने क्रममा अध्यक्ष थापाले नेपालको राष्ट्रवादी अान्दोलनमा ग्रेटर नेपाल अभियानले पुर्याएको योगदानका लागि ग्रेटर नेपालका अभियन्ता नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए। अभियन्ता नेपालले पृथ्वीनारायण शाहलाई उच्च सम्मान गर्ने राप्रपाले ग्रेटर नेपालको अवधारणा पृथ्वीनारायण शाहको पुनर् एकीकरणकै भावनात्मक निरन्तरता भएकाले यसलाई साथ दिन अाग्रह गर्दा थापाले पुनर्एकीकरणको भावना प्रशंसनीय रहेको बताएका थिए। नक्सा बुझ्दै अध्यक्ष थापाले नक्सामा लिम्पियाधुरा राखिएको छ कि छैन भनी जिज्ञासा राखेपछि अभियन्ता नेपालले अाजभन्दा करिब डेढ दशकअगाडिदेखि नै ग्रेटर नेपालको नक्सामा लिम्पियाधुरा समेटिएको बताएका थिए प्राप्त समाचारमा जनाइएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!