Loading... आजः शनिबार , श्रावण १२, २०८१

कमिशनकाे खेलमा मन्त्री याेगेश भट्टराई पनि संलग्न?


फाइल तस्बिर

चीन सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक सबै सामान आफै सहयोगस्वरूप दिने भनेर सूची मागेकाे धेरै भइसकेको छ। नेपालस्थित चिनियाँ राजदूतले ट्विट गरेर नेपालीको साथमा रहेको सन्देश दिइसकेकी छन्। तर पनि सरकारले आवश्यक सामान चीनसँग माग्नुको साटो ब्यापारीसँग किन्ने गरी भित्रभित्रै चलखेल बढाइरहेको रहेछ। लक डाउनका बीच गत मंगलबार गुपचुप टेण्डर खाेलेर सहमतिमा काराेबार गर्न लागेकाेे स्वास्थ्य विभागलाई केही नेताले दबाब दिएपछि सरकारले ब्यापारीले अर्डर गरेको सामान लिन आफैंले विमान चार्टर गराएर चीन पठाएकाे हो।

गत विहीबारकाे पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रीले घुमाउरो पाराले चीनले सहयोग दिन ढिलाइ गरेकोले किन्ने प्रक्रिया अघि बढाउन लागेको बताएका थिए। यस सम्बन्धि समाचार सेताेपाटी अनलाइनले लेखेको थियो। यसअघि देखि नै केही मन्त्री, नेताहरू र उच्चपदाधिकारीका बीच कमिशन खाने योजना बनाइँदै रहेछ। गत मंगलबार चिनियाँ कम्पनीका प्रतिनिधि र NCMCS का अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईलाई भेट्न मन्त्रालय पुगेका थिए। उनीहरू मन्त्रीलाई भेट्न जानुको कारण नेपाल एयरलाइन्सकाे जहाज चार्टर गर्नका लागि रहेछ। उनीहरूले मन्त्री समक्ष अाफुहरुले चीनबाट पचास टन स्वास्थ्य सामाग्री ल्याउन लागेको र त्यसका लागि जहाज चाहिने भएकोले अनुमति सहित नेपाल एयरलाइन्सकाे भाडादरमा जहाज उपलब्ध गराउन अनुरोध गरेका थिए।

Insert your Ads code here

मन्त्री भट्टराईले उनीहरूकाे कुरा सुनिसकेपछि दुईवटा सुझाव दिए। पहिलो स्वास्थ्य विभाग गएर सरकारलाई अावश्यक सामाग्रीकाे लिष्ट लिनुहाेस् र ताेकेकाे मापदण्डअनुसार सामान उपलब्ध गराउनुस् हामी (सरकार) ले किन्छ र सामान ल्याउन नेपाल एयरलाइन्सकाे जहाज जान्छ। तपाईंहरुले भाडा र कर जाेडेर बिल पेश गर्नुहाेस् भने। मन्त्रीले जहाज भाडामा दिने विषयमा ईच्छा देखाएनन्। मन्त्रीकाे कुरा सुनेपछि उनीहरूले सरकारकाे सामान ल्याउन भन्दा अाफ्नै सामान ल्याउन चाहेको बताए। यद्यपि मन्त्रीले भनिसकेको हुनाले उनीहरू स्वास्थ्य विभाग पुगेर महानिर्देशक महेन्द्र श्रेष्ठलाई भेट गरे। महानिर्देशक श्रेष्ठले खरीद विभागका निर्देशक भाेगेन्द्र राज डाेटेललाई बाेलाए र प्रक्रियाका बारेमा बताए। महानिर्देशक श्रेष्ठले अहिले छ बज्न लागिसकेकोले सामानको लिष्टलिन भाेलिपल्ट अर्थात बुधबार पुनः अाउन भने। भाेलिपल्ट स्वास्थ्य मन्त्रालय पुग्दा उनलेे मन्त्रीका सल्लाहकार डा. खेम बहादुर कार्कीलाई भेटाए। त्यसदिन पनि सामानको लिष्ट उपलब्ध गराइएन। पुनः भाेलिपल्ट बाेलाइयाे, तर सामानको लिष्ट दिइएन। यसैबीच मन्त्री समेतको मिलेमतोमा केही ब्यापारीलाई प्रयोग गरेर कमिशन खाने योजना बनिसकेको रहेछ। त्यो कमिशन टाेलीमा मन्त्री याेगेश भट्टराई पनि रहेको हुनसक्ने अाशंका पछिल्लो समय मन्त्री भट्टराईले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको खुलेर बचाउ गर्न थालेपछि बढ्न थालेको छ। स्वास्थ्य मन्त्रालयसँग असम्बन्धित मन्त्री भट्टराई किन यसरी नाङ्गो रुपमा स्वास्थ्य मन्त्रीको ढाल बनिरहेका छन् रहष्यमय छ।

राष्ट्रिय पुनर्जागरण अभियान नेपालका संयाेजक तथा नेता भरत दाहालले स्वास्थ्य मन्त्रालयले केही ब्यापारीसँग मिलेर कमिशनका लागि नीतिगत भ्रष्टाचार गर्दै स्वास्थ्य सम्बन्धित सामाग्री चीनबाट ल्याउने प्रक्रियाकाे सामाजिक सञ्जाल मार्फत विरोध गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराई अत्तालिंदै अाफ्नाे फेसबुकमा भरत दाहालकाे विरोधकाे प्रतिउत्तर दिंदै छुद्र शब्दमा लेख्छन् : “भरत दाहालको फेसबुकमा नेपाल एयरलाईन्सलाई स्वास्थ्य मन्त्रालय मार्फत गरिने भुक्तानीका बारेमा मलाई जोडेर लेखिएको कुरा पुरा पुर झुठ हो। स्वास्थ्य मन्त्रालय मार्फत अर्डर गरिएका स्वास्थ्य सम्बन्धि सामाग्री लिन नेपाल एयरलाईन्सको जहाज आज चिनको ग्वान्जाओ गएको सांचो हो। सामाग्री ल्याउन जिम्मा पाएको संस्था/ ब्यक्तीले एयरलाईन्सलाई कार्गो बापत तिर्नु पर्ने रकम आज शनिबार परेकोले जम्मा गर्न नसक्ने भनेको तर COVID 19 का लागि अतिआबश्यक सामाग्रीहरु यथासिघ्र ल्याउनु पर्ने भएकाले स्वास्थ्य मन्त्रालयको बिश्वसमा पछि स्वास्थ्य मन्त्रालय मार्फत सिधै नेपाल एयरलाईन्सलाई भुक्तनी गर्न पनि सकिने सर्तमा जहाज उडाउन मैले अनुरोध गरेको हुँ। मुलुकको अवस्था र आपतकालीन स्थितिलाई बुझेर मैले जे गरे ठिकै गरेको छु। नेपाल एयरलाईन्सले कार्गो बापत प्रचलित मुल्य लिनेहो र त्यो रकम सम्बन्धित संस्थाले तिर्ने हो। मैले कुनै लिखित आदेश गरेको छैन र मुल्य मैले तोक्ने पनि होइन। अड्कल पन्डितहरुलाई यो कुरा राम्ररी जानकारी होस्।” यो स्टाटस् लेख्नुअघि मन्त्री भट्टराईले फेसबुक पेज मार्फत खुलासा गरेका छन् : “स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामाग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज RA 4171 अहिले १२:३१ मा ग्वान्जाओका लागि उडेको छ। जहाज राती १ बजे तिर नेपालमा आईपुग्ने छ।”

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईकाे फेसबुक स्टाटस् पढ्ने जाे काेहीले राम्रोसँग बुझ्नसक्छ कि चीनबाट मन्त्री भट्टराई समेतको संलग्नतामा चीनबाट ब्यक्तिगत लाभका लागि छाेटाे बाटोबाट सामान ल्याउन लागिएको हो। चीनले नेपाललाई अावश्यक पर्ने सहयोग लिन नचाहनु, चिनियाँ कम्पनी र NCMCS का अध्यक्षले लिखित रुपमा जहाज भाडामा माग्दा नदिनु, शुरुमा लिष्ट उपलब्ध गराउने प्रलोभन देखाएर अरुलाई सामान ल्याउन नदिनु, लक डाउनका समय पत्रपत्रिका सबैले पढ्न नसक्ने अवस्थामा गुपचुप एकदिने टेण्डर खाेल्नु, ब्यापारीका लागि सरकारकाे तर्फबाट सिचुअान सरकारलाई लिष्ट सहितको अर्डर पत्र पठाउनु, मंगलबार दिउँसो टेण्डर खाेलेर बुधबार दिउँसो ३बजेसम्मकाे समय राख्नु र बुधबार दिउँसो ४:३०बजेकाे पत्रकार सम्मेलनमार्फत समय सकिएपछि जानकारी दिनु, जानाजान शनिबार भनेर ब्यापारीका लागि जहाज कुनै जिम्मेवारी बिना पठाउनु अादिले धेरै अनियमितता भएको देखाउँछ।

मन्त्री भट्टराईले स्वास्थ्य मन्त्रालयकाे अर्डर अनुसारका सामाग्री ल्याउन नेपाल एयरलाइन्सकाे जहाज RA4171 ग्वाञ्जाअाेका लागि उडेको कुरा अाफ्नाे फेसबुकमा लेखेका छन्। के मन्त्री भट्टराई स्वास्थ्य मन्त्रालय मातहतस्तरीय मन्त्री हुन वा प्रधानमन्त्री मातहतका मन्त्री? किन उनलेे स्वास्थ्य मन्त्रालयकाे अर्डर पालन गरे? स्वास्थ्य मन्त्रालयकाे अर्डर नम्बर कति हो? स्वास्थ्य मन्त्रालयले कुन प्रक्रिया मार्फत चीनबाट सामान ल्याउन लागेको हो? स्वास्थ्य मन्त्रालयले चीनबाट सामान ल्याउन लागेको हो कि ब्यापारीले ल्याउन लागेका हुन? स्वास्थ्य मन्त्रालयले अर्डर गरेको सामान लिन गएको भए स्वास्थ्य मन्त्रालय र चीनको कुन कम्पनीबीच कुन प्रक्रिया मार्फत सामान ल्याउन लागिएको हो? त्यो पनि स्पष्ट गर्नुपर्छ। मन्त्रीकाे उल्लेखित भनाइले गम्भीर चलखेल भएको पुष्टि गरेको छ।

मन्त्री भट्टराईले यो काेराेना कमिशन काण्डमा अाफ्नाे संलग्नताकाे पाेल खुल्ने भए पछि अत्तालिएर भरत दाहालका विरुद्ध अड्कल पण्डित लेख्दै अाक्राेश पाेखेका छन्। मन्त्री भट्टराईले अाफुले अाफ्नाे फेसबुक पेजमा लेखेका वा ब्यक्त गरेका विषयको प्रमाण दिन सक्छन्? अवश्य सक्दैनन्। किनकि उनले सरासर झुठो कुरा लेखेका छन्। अर्कोकुरा मन्त्री भट्टराई देशका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन। देशको मन्त्रीले अाफु विरुद्धको अाराेपकाे खण्डन गर्न वा जवाफ फर्काउन किन फेसबुकलाई राेजे? फेसबुक मार्फत जवाफ फर्काउने बहानामा भरत दाहालका विरुद्धमा जनअाक्राेश उत्पन्न गराउने अापराधिक मनसाय त होइन? शंका उत्पन्न भएको छ। मन्त्री जस्तो मानिसले किन फेसबुक मार्फत भरत दाहालका विरुद्ध तुच्छ शब्दको प्रयोग गरे? याेगेश भट्टराई एउटा जुझारु युवा नेता हुन। मन्त्री भएपछि उनको अहँकारयुक्त ब्यवहारले बारम्बार विवादमा अाएपनि मन्त्री हुनुअघि उनी अाशालाग्दा नेताकाे रुपमा उदाउँदो थिए।

मन्त्री भट्टराई मात्रै होइन, जाे जसले जे भनेपनि स्वास्थ्य मन्त्रालयकाे सामाग्री खरीद प्रक्रियालाई श्वेत लुट भन्न सकिन्छ। श्वेत लुटकाे पर्दाफास भएपछि श्वेत अातंक फैलाएर, अाफ्ना कार्यकर्ता परिचालन गरेर माफियातन्त्र चलाउने षड्यन्त्र रचिरहृकाे खुलेको छ। यीनले अाफुलाई देशको मन्त्री ठानेका भए यसरी कदापि प्रस्तुत हुने थिएनन्। यिनिहरुकाे बाेली ब्यवहार हेर्दा माफियातन्त्रका नाईके जस्तो छ। जनताको चाहना देश र जनताको पक्षमा नेता भएको देख्ने हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!