Loading... आजः शनिबार , श्रावण १२, २०८१

कम्पनीले वेतन काटेपछि माझीटारको एसबीएल प्राइभेट लिमिटेडका कर्मचारी उत्रिए आन्दोलनमा


गान्तोक, 12 सितम्बर। कोरनाकालमा कन्टेनमेन जोन घोषित भएपछि काममा जान नसकेका कर्मचारीहरूको वेतन काटिएपछि एसबीएल प्राइभेट लिमिटेडका 2 सय भन्दा धेरै श्रमिकहरू आन्दोलनमा उत्रिएका छन्। पूर्व सिक्किमको माझिटारस्थित एसबीएल प्राइभेट लिमिटेडका 2 सय भन्दा अधिक कर्मचारी कन्टेनमेन जोन घोषणाको क्रममा काममा आउन नसकेको बेलाको वेतन काटेको विरोधमा दुइ दिनदेखि विरोध प्रदर्शन गरिरहेका छन्। अगस्त महिनाको 1 तारिकदेखि 18 अगस्तसम्मको वेतन कम्पनीले भुक्तान नगर्ने भनेपछि पिडीत मजदूरहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्। उनीहरूले कम्पनी प्रबन्धन पक्षबाट वेतन भुक्तान अस्वीकार गरिएपछि सकसमा परेर आफ्नो अधिकारको निम्ति धर्नामा बस्न बाध्य बनेका छन्। गत 31 जुलाईसम्म रम्फू नगर निगम क्षेत्र पूर्ण रूपमा लकडाउन र कन्टेनमेन जोनमा परेको थियो जसको कारण धेरै कर्मचारीहरू कम्पनी आउन पाएका थिएनन् उनीहरूको अहिले वेतन काटिएको छ। अर्कोतिर राज्य सरकारबाट भने अधिसूचना जारी गरेर आधा वेतन भुक्तान गर्नुपर्ने निर्देश छ।
कर्मचारीहरूले गत 1 अगस्तदेखि 18 अगस्तसम्म वेतन पाएका छैन। कम्पनीले पैसा नदिएको हुँदा हाजिराको माग गर्दै हिजदेखि धर्नामा बसेका कर्मचारीको पक्षमा बोल्दै पवित्र राईले भनिन्, हामीले जुन लकडाउनमा घरमा बसेका थियौं सरकारको अधिसूचना अनुसार 50 प्रतिशत वेतन दिनुपर्छ भनेका थिए। तर अहिले कम्पनीले दिन मानेको छैन् अहिले 1 देखि 19 तारिकसम्म घरमा बस्यौं त्यसपछि हामी काममा आयौं पैसा पायौं। हामी एकैप्रकारको कर्मचारी हौ हामीलाई छुट्टाएको छ। प्रबन्धन पक्षले कुनै हालतमा पैसा कुनै हालतमा नदिने भएको बताएका छन्। हामीलाई अरू कम्पनीकाहरूले पाएका जस्तै हामीले पनि पाउनुपर्छ भन्ने माग छ। अर्कोतिर महामारीको समयमा पनि कुनै राम्रो सुरक्षाको प्रबन्ध नगरिएको श्रमिकहरूको गुनासो छ। एउटा सर्जिकल माक्स 15-15 दिनसम्म लगाउन भनिने गरेको तथा सुरक्षाको कुनै उपाय नगरिएको श्रमीकहरूले गुनासो गरेका छन्। यसैगरि टाडाबाट आउने कतिपय क्षेत्रका श्रमिकहरूलाई आउजाउको वाहन व्यवस्था पनि नगरिएको गुनासो रहेको छ।
अर्कोतिर कम्पनीले एक महिनाको पहिले पनि काम नगरि भुक्तान गरेको तर यसपालीको भने प्रबन्धकले वित्तीय संकटको कारण समस्या भएको बताइरहेको बताए। उच्च प्रबन्धनलाई अनुरोध गरेको तर आदेश आयो भने दिन तयार छौ आधा वेतन भने। सरकारले आदेश दिएको खण्डमा भने हामी दिन तयार छौं भन्ने बताए

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!