Loading... आजः शनिबार , श्रावण १२, २०८१

कम्युनिस्टहरू सत्तामा पुगेपछि आदर्शबाट च्यूत हुने र सिद्धिने प्रवृत्ति: अध्यक्ष दाहाल


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेताहरू आदर्शबाट विमुख भएपछि आफैं सिद्धिने बताउनुभएको छ।

शुक्रबार बिहान भक्तपुरमा नेपाल कुम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशीको स्मृति भवनको शिलान्यास कार्यक्रममा उहाँले भन्नुभयो ‘कम्युनिस्टहरू सत्तामा पुगेपछि आदर्शबाट च्यूत हुने र सिद्धिने प्रवृत्ति इतिहासबाट देखिन्छ। यो संकेत नेपालमा पनि देखिएको छ। कम्युनिष्ट पार्टीको नेतृत्व नै आफ्ना आदर्शबाट च्युत भई आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ आफैंले आफैंलाई सिध्याउने रहेछन्’ अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो।

उहाँले कम्युनिष्टहरु सत्तामा नहुँदा र सत्तामा हुँदा फरक प्रवृत्ति देखाएको बताउनुभयो। क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन्, त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचलित हुने गरेको पनि बताउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!