कर्णाली डेभलपमेन्ट बैंक लि. राजापुर बर्दिया शाखा कार्यालयले आफ्नो २१औं वार्षिक उत्सब कार्यक्रम शाखा प्रमुख कृष्ण चन्दले केक काटी सम्पन्न गरेको छ ।
राजापुर शाखाले आफ्ना ग्राहक र शुभचिंतकहरू माझ शुभ कामना आदानप्रदान गरि सफलतापूर्वक वार्षिक उत्सव मनाएको छ । बैंकले बैंकिंग सेवा प्रदान गरेको २१बर्ष प्रवेश गर्दै गर्दा थप जिम्मेवारी र हौसला समेत बढेको कुरा शाखा प्रमुख कृष्ण चन्दले बताउनु भयो ।
Insert your Ads code here
त्यस्तै बांके जिल्लाको नेपालगंज उ.म.न.पा.–१२ सुर्खेत रोड स्थित केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लि. ले आफ्नो २१औं वार्षिक उत्सबको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको धार्मिक शक्तिपीठ माता बागेश्वरी मन्दिर परिसर, तलाउ क्षेत्र र पार्क सरसफाई गरी सफलतापूर्वक वार्षिक उत्सव मनाएको छ।