Loading... आजः मंगलबार , मंसिर १८, २०८१

कर्णाली नदीमा छठपुजा गरीयो


 

केशब कोइराला
बर्दिया राजापुर
छठ पर्वको मुख्य दिन सुक्रबार बिहान कर्णाली नदी सत्तीघाटमा उदाउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको उल्लास राजापुरमा पनि बढेको छ ।

Insert your Ads code here

हरेक वर्ष पूजा गर्नेको सङ्ख्या बढ्दै जाँदा राजापुरमा छठ पर्वको उल्लास बढ्दै गएको हो । छठ पर्वमा पूजा गर्नेहरू बढ्दा केही वर्षयता कर्णाली नदीमा भक्तजनको भीड लाग्ने गर्दछ । नदी तटिय क्षेत्रमा सजावट, बाजागाजा, साँस्कृतिक भजन मञ्चको व्यवस्थापन, घाटको व्यवस्थापन गरिएको छ । पहिला पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको छ ।

चार दिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ समापन हुने गर्दछ । सुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा छठ सकिएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!