Loading... आजः शनिबार , असार ३०, २०८१

कर्णाली नदीमा स्कारपियु खस्दा २ जना बेपत्ता


१५ श्रावण, २०७८

लम्की / कैलालीको कर्णाली नदीमा स्कारपियु खस्दा २ जना बेपत्ता भएका छन। अन्य ३ जना बालबालिका झाडिमा गम्भीर घाईते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । बेपत्तताको खोजिकार्य भईरहेको र गम्भीर घाईते तिनै जना बालबालिकालाई लम्की स्थीत लालरत्न अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

Insert your Ads code here
डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको गाडी चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टीएको प्रहरीले जनाएको छ। जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा स्कारपियो कार्णालीमा खसेको हो। चिसापानी देखि सोल्टा जाने क्रममा मोहान्यालको बाँका स्थीत कच्ची सडकमा नम्बर नखुलेको स्कारपियु ब्याक गर्ने क्रममा सडक बाट करीब ३ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपालगञ्ज बाट उपचार गरेर घरफर्कर्ने क्रममा उनीहरु चिसापानी देखी कुईने घुमन जादै गर्दा गाडि दिउसो करीब साडे १२ बजेतिर दुर्घटना भएको हो । गाडि दुर्घटना भएर कर्णाली नदीमा खसेको खबर स्थानियले तत्काल प्रहरीलाई गरेपछि प्रहरी घटनास्थलमा पुगि खोजतलास गर्दा सडक तल झाडिमाअडकिएको अवस्थामा ३ जना बालबालिका फेला परेका थिए ।

घाईते गाडिमा सवार गाडीमा सवार  १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्रि जोशी र ३ वर्षीय भुवन जोशीको प्रहरीले  उद्दार गरिएको छ भने घाईतेका आमाबुवा चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले जानकारी दिनु भयो । प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर उल्लेख भएको समेत फेला परेको छ ।

दुर्घटनामा घाईते छोरीलाई बुझ्दा उक्त गाडीमा आफ्नो घर परिवारका ३ जना भाई बहिनी र आमा बुवा गरि ५ जना सवार भएको आफुहरु  डोटी जिल्ला  आदर्श गाउँपालिका काँडे साउका रहेको बताएकी प्रहरीले जनाएको छ । घाईते बालिकाका अनुािर स्कारपियु बुवाचन्द्र प्रकाश जोशी आफैले चलाई रहेका थिए ।
बेपत्ताको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ  ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!