कर्मचारीहरूको निम्ति खोलियो सिक्किमको पाठशालाहरू
गान्तोक, 21 सितम्बर। सिक्किम सरकारको शिक्षा विभागको आदेश मुताबिक आजदेखि राज्यको पाठशालाहरूका कर्मचारीहरूले स्कूल सञ्चालन शुरु गरेका छन्। कक्षा 9 देखि 12औं श्रेणीसम्मको निम्ति 50 प्रतिशत कर्मचारी पाठशालाहरूमा उपस्थिति दिएर अनलाइन अनि अफलाइन कक्षा सञ्चालन गर्ने निर्देशनको पालना शुरु गरिएको छ। यद्यपी विद्यार्थीहरूले भने आवश्यक परेमा शिक्षकसित पाठशालामा भेटेर जानकारी लिन सक्ने विभागको आदेशमा बताइएको छ। आज पाठशालामा कार्यकाल शुरू भएको पहिलो दिनको बारेमा रानीपूल स्थित वृहस्पति प्रसाई उच्चत्तर माध्यमिक विद्यालयका उप-प्राचार्य जयन्त सेलको मन्तव्य । उनले बताए अऩुसार कतिपय विद्यार्थीहरूलाई नेटवर्कको समस्याको कारण अनलाइन कक्षा लिन पनि समस्या भइरहेको कुराहरूलाई ध्यानमा राखेर यो कार्य शुरु गरिएको बताए। अर्कोतिर आज पहिलो दिन गान्तोक नगर निगम क्षेत्र पूर्ण लकडाउन गरिएको हुनाले अधिकांश शिक्षकहरू कोरेन्टाइनमा पर्ने हुनाले 50 प्रतिशत तोकिएक जति भेला हुन नसकेको तथा 20 प्रतिशत मात्र शिक्षक र कर्मचारीहरू उपस्थित रहेको बताए। उनको पाठशालामा भने शिक्षकहरूले धेरै प्रयास गरेर अनलाइन दिऩे प्रयास गरिरहेको बताए। यद्यपी मूनिल्लो कक्षाहरूमा भने अनलाइन सञ्चालनमा निक्कै समस्या भइरहेको बताए। स्मार्ट फोन नहुनेहरूको निम्ति पनि शिक्षा दिन अनिवार्य रहेको अनि सरकारले निर्णय लिएको खण्डमा शिक्षण दिन तयार रहेको पनि बताए। अहिले 9औं 10औ तथा 11औ र 12औ श्रेणिलाई पनि पठन पाठन गराउने लक्ष्य राखेको अनि आउँदो वर्ष नियमित कक्षा हुनेछ भन्ने आशा पनि व्यक्त गरे। राज्यको शिक्षा विभागको आदेश मुताबिक अहिले राज्यभरिकै 9औं श्रेणी देखि 12औं श्रेणीसम्मको निम्ति पाठशालाका कर्मचारीहरू उपस्थित भएर आधिकारी कार्यहरू शुरु गरिसकेको छन्।