Loading... आजः शनिबार , श्रावण १२, २०८१

कला संगम बिजनबारीद्वारा अरुणा लामा जयन्ती पालन


दार्जीलिङ, 9 सितम्बर। नेपाली संगीत जगतमा स्वर किन्नरीको नामले परिचित स्वर्गीय अरूणा लामाको 76 औं जन्म दिवस पालन गरिएको छ। दार्जीलिङको बिजनबारी भेगको माउ साहित्यिक संगठन कला संगम बिजनबारीले स्वर्गीय अरूणा लामाको ७६औं जन्मजयन्ती आज औपचारिक रूपमा पालन गर्यो।
गुमानसिहं चामलिङ प्रतिष्ठान रेलिङका महासचिव तथा गोजमुमो उपाध्यक्ष सतिश पोख्रेलको प्रमुख आतिथ्यमा तथा संस्थाको सभापति पुनम दर्नालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि मनप्रसाद सुब्बा लगायत संगमका विभिन्न सदस्यहरु लगायत बिजनबारी भेगका व्याक्ति विशेषको प्रमुख रूपमा उपस्तिथि थियो। कोराना महामारीको कारण साधरण रूपमा पालन गरिएको अरूणा लामा जयन्तीमा स्थानीय मानिसहरूको पनि उपस्थिति रहेको थियो।

अरुणा लामाको जन्म दार्जिलिङको घुम पहाडमा ९ सितम्बर १९४५ आइतबार भएको थियो अनि उनको चिनाको नाम चाहिँ दाँतेमा तामाङ थियो । उनी सानैदेखि नाँच्न, गाउन भनेपछि हुरुक्कै हुन्थिन् । सानामा गीत गाउँदा उनी अग्लो माइकमा पुग्न सक्तिनथिन् तर त्यस्तो स्थितिमा उनलाई उनका आप्पाले काँधमा बोकेर माइकसम्म पुर्याइदिन्थे । सात आठ वर्षकी हुँदा उनले गीत गाएर दार्जीलिङ हल्लाएकी थिइन् ।
पन्ध्र-सोह्र वर्षे झरझराउँदो उमेर टेकेपछि अरुणाको गीत गाउने रहर, गीतको सुरताल र गीतका शब्दहरूले कञ्चनजङ्घाको टुप्पो छोइसकेकी थिए । त्यसपछि यी निरन्तर गीत गायनमा नै चुलिँदै गइन्।
४ फरवरी १९९८ मा आफ्नो भौतिक शरीर त्याग गरेकी स्वर सम्राज्ञी अरूणा लामाले १५० भन्दा धेरै गीतहरूमा आफ्नो स्वर दिएकी थिइन्। (सञ्जय निरौला)

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!