Loading... आजः शनिबार , श्रावण १२, २०८१

कहाँ अल्मलीयो स्थानिय सरकार ?


                                                              अर्जुन सुवेदी
                                                       प्रमुख प्रशासकिय अधिकृत
                                                    बढैयाताल  पालिका, बर्दिया 

निकै लामो राजनैतिकयात्रा पछि हजारौँ सपुतको बलिदानि को परिणाम बर्तमान राजनैतिक स्वरुप स्थापितभएको छ । यतिबेला केन्द्रीयअधिकार प्रदेश र स्थानियतहमाकानुनत हस्तान्तरित भै ३ तहका सरकार क्रियाशिल छन् ।
यहाँ स्थानिय सरकार र जन अपेक्षाका संबन्धमा केहीचर्चा गर्न लागिएको छ । यतिबेला स्थानिय सरकार निर्वाचीतभएर क्रियाशिलभएको पनि ३ बर्ष पुरा भएको छ । तर जनतामा पूर्ण सन्तुष्टी देखिँदैन । स्थानिय सरकारमा रहेका दलभित्रकै कार्यकर्ता, जनप्रतिनीधी, प्रतिपक्षपनि सत्ता संचालनको विधी र प्रर्कयाबाट सन्तुष्ट नभएकाआवाजचारैतिर छरप्रष्ट सुन्न र देख्न सकिन्छ ।
कहाँचुक्नपुगे त जनप्रतिनिधीहरु ? यो विषयगंभीरतापूर्वक अध्ययनहुन जरुरी छ । साच्चिकै बर्तमानकार्य शैलीलाई अध्ययनगर्ने हो भने स्थानिय सरकारले केहीकार्यशैलीलाइ समिक्षा गरी सच्चिन जरुरी छ ।
यति बेला देखिएका केही समस्याहरु ः

Insert your Ads code here
  • आँफूलाइशक्तिीकेन्द्र ठान्नु ।
  •  कानुन र विधीलाइकार्यशैलीसंग नजोड्नु ।
  •  शुसासन र पारदर्शितामाध्याननदिनु ।
  •  सरकार हो जे गरे पनि हुन्छ भन्ने धारण राख्नु ।
  •  गुट र शक्तिीको विकास गरिनु ।
  •  जनताकाआवाजलाइध्याननदिनु ।
  •  हरेक योजनानिर्माण कार्यन्वयनमासिमितब्यक्ती केन्द्रीत रहनु ।
  •  पार्टीको निर्देशनको पालनानहुनु ।
  •  जनप्रतिनीधीहरुमा सेवा र सुविधाको मोहबढ्दै जानु ।
  •  कार्यान्वयनमाअत्यन्तै केन्द्रीकृतगरिनु ।
  •  विविधताभएको कर्मचारी तन्त्र ।
  •  स्थानिय सरकारको स्पष्ट कार्ययोजना सार्वजनिकनहुनु ।
  •  कर्मचारी तन्त्रलाई स्वतन्त्रतापूर्वक कार्य गर्न नदिएर नियन्त्रण शैलीमाकार्य गराउनु ।
  •  छेउ र पाखा परेका सिमान्तकृत, निम्न स्तरको आयभएकाजनतालाई मुलप्रवाहमाल्याउननसक्नु ।
  •  जनप्रतिनीधीविच नै नजिक र टाढा, आफ्नो र अर्काको भन्ने सोचको विकास हुनु ।
    यस्ता खालकाकयौँ समस्याहरुले गर्दाअहिले स्थानिय सरकार संचालनकोकार्यशैलीका कारण सबैतिर आलोचितबन्नपुगेको छ । यस्तो खालको अबस्थालाइ स्थानिय सरकार संचालक र सम्बन्धीत पार्टीले समयमै परिवर्तन गर्न प्रयास नगरेमाभोलीआउने स्थानिय सरकारको विरोधमा बर्तमान सत्तासंचालक नै उभिने दिनआउन अब धेरै दिनबाँकी छैन ।
    स्थानिय सरकारले के गर्नु पर्ने थियो ?
  •  समग्र विकासको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषीतथापशु, मानवविकासका क्षेत्रमासबै पक्षको सहयोगमा दीर्घकालीन, अल्पकालीन, आबधीक योजनानिर्माण गरिन पथ्र्यो ।
  •  डिजिटल प्रोफाइलबनाएर पालीकाको सबै बस्तुस्थिती देखिने गरी सूचनाको पहुँचको प्रभाबकारी विकास गरिन पर्थो ।
  •  योजनानिर्माणमा पूर्णरुप टोल विकास समिती गठन गरी योजनानिर्माण र कार्यन्वयनमा पूर्ण रुपमै जन समुदायलाई नै जिम्मेवारी बनाउनु पथ्र्यो ।
  •  उपभोक्ता समितीमानिर्देशितभन्दापनिजन अनुमोदित समितीबनाउने अभ्यास गरिनु पर्ने थियो ।
  •  शिक्षा स्वास्थ्यमाप्राप्त क्षेत्राधिकार भित्र रही संबन्धीतवर्गले अनुभुतिपाउने खालको योजनानिर्माण गरेर अगाडी बढ्न पथ्र्यो ।
  •  कृषीप्रदान देश भएका कारण पनिकृषीतथापशु क्षेत्र रोजगारीको भरपर्दो विकल्पभएका ले उत्पादनमाजोड, बजारीकरणमा युवालाई आर्कषित हुने गरी ठोस योजनानिर्माणमा पहलगरिनु पथ्र्यो ।
  •  लक्षित बर्गका कार्यक्रमपालिका र वाड केन्द्रीतनगरी तिनै बर्ग बस्ने टोल सम्म ल्यैजाने संयन्त्रको विकास गर्न पर्ने थियो ।
  •  श्रम बैङ्क स्थापनागर्ने र हरेक श्रमीकब्यक्तीकोनामदर्तागराउने र पालिका भरी आबस्यकश्रम शक्तिी र श्रमशक्तीकालागी, सोही रोजगार बैङ्क बाटै परिचालन गरी रोजगारीको न्यायीकवितरण गरिन पथ्र्यो ।
  •  पलिका स्तरमा रोजगारी बैङ्क स्थापनागरी पालिकाका ब्यक्तीले गर्न चाहेको ब्यवसायिक योजनाअनुसार तालिम, पुँजी, शिपकोव्यवस्थापनगरिन पथ्र्यो
  •  सवै ब्यक्तीलाई सहकारीमा आबद्धता गर्दै दैनिकउपभोग्यपसल संन्चालन र कृषिउत्पादनको खरिदको व्यवस्था, उत्पादनमाअनुदानको व्यवस्थामिलाएर सबै कृषकलाई स्थानिय सरकारको अनुमतिदिलाउन सक्निथ्यो ।
  •  पालीकामा सबै ब्यक्तीहरुलाई आफ्नो सिपक्षमताअनुसारको कामगर्न उत्प्रेरीत गर्न र उत्पादित बस्तुको खरिद विक्रीकालागिउधोग बाणिज्य संघ संग सहकार्य गर्न पर्ने थियो ।
  •  युवाहरुलाई समुहमा आबद्ध गराएर उत्पादनमालागाउने र आबश्यकविउ, पुँजी, सहुलियतश्रृणको व्यवस्थागरिन पथ्र्यो ।
  •  स्थानियकला संस्कृतीतथा परम्परालाई संर्बदन, संरक्षणगर्दै,उपलब्धप्राकृतिक स्रोत संपदाको आधारमापर्यटन प्रबद्धनका लागिव्यवसायीकहोमस्टे, फनपार्क, पिकनिक स्थल, निर्माण गरी जनताको आयआर्जनमाजोड दिइकार्य गर्न पथ्र्यो ।

स्थानिय सरकारका आफ्ना समस्याहरुहोलान् । तर पनिति सबै समस्याहरु लाइध्यानमा राख्दै जनतालाइ केन्द्र विन्दुमा राखेर अगाडी बढ्ने विषयमाभने यतिबेला स्थानिय सरकार पुर्ण रुपमाअलमलको अबस्थामा रहेको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!